जिल्लाकै पहिलो नगरपालिका विकासमा पछाडी

2.9k Shares

जिल्ला सदरमुकाम मलंगवा  नगरपालिकाकाभित्रि सडकहरुको अवस्थामा सुधार नगरीदा बजारको सुन्दरता नै हराउँदै गएको छ ।   वर्षाै वर्ष जिल्ला सदरमुकाम मलंगवाका भित्रि बजार र भित्री टोलका सडकहरु साँघुरा र जिर्ण अवस्थाका रहेका छन् । जसका कारण सर्वसाधारणहरु सास्ति बेहोर्नु बाध्य भएका छन् ।
    बाबा स्वामिको मठदेखि बसपार्क , बालमन्दिर , नगरपालिका चौक, भगवती मन्दिर हुँदै राजश्री सिनेमा हलसम्मको मुख्य सडकको दुवै छेउमा सानाठूला सवारीसाधनहरु पार्किङ,ठेलागाढाहरु जताततै राखिदा बाटोमा हिड्ने पैदल यात्रीहरुलाई समस्या हुँने गरेको छ ।उक्त सडकमा सवारीसाधनहरुको चाप पनि धेरै हुने गरेको छ भने सडकमै बजार लगाउँने गरिदा स्थानिय पैदल यात्रीहरु समस्यामा परको छन् । 
  उक्त सडकहरुको स्तरोउन्नती गर्नका लागि पटक पटक नगरपालिकाको   ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएको स्थानीयबासीहरुले बताएका छन् । अब केही दिन भित्रै सडक अतिक्रमण गरेर बनाइएका घर टहराहरु हटाउनका लागि  सूचना जारी गरि सडक निर्माणको काम सुरु गर्ने मलंगवा नगरपालिकाका नगरप्रमुख निरसल साहले बताउनुभयो ।   
     बजारमा प्रवेश गर्ने सबै बाटोहरु अतिक्रमण गरिएका छन् । कसको घर सडकमा पर्छ कसको पर्दैन त्यो हेर्ने समय नरहेको र जनसंख्या दिन प्रतिदिन बढिदै गईरहेकोले आउँदो पुस्ताको भविष्यलाई मध्येनजर गर्दै सडकको स्तरोउन्नती हुनु आवश्यक रहेको स्थानीय जानकारहरु  सुझाव छ ।मलंगवा नगरपालिका जिल्लामै सबैभन्दा पुरानो र पहिलो नगरपालिका भएपनि  लालबन्दी , हरिवन, बागमती ,बरहथवा, इश्वरपुर लगायतका नयाँ  नगरपालिकाहरुको  तुलनामा  विकासमा धेरै पछाडि परेकोेले मलंगवाको विकास गर्न सबै क्षेत्रको लगन्सिल्ता आवश्यक रहेको जानकारहरु बताउँछन् ।  

सम्बन्धित समाचार