सर्लाहीमा मिटरब्याज तथा लघुवित्त पीडितहरूको भेला

389 Shares

मिटरव्याज तथा लघुवित्त पीडित संघर्ष समितिको प्रथम जिल्ला भेला सर्लाहीको बरहथवामा सम्पन्न भएको छ ।एकीकृत जनक्रान्तिको दृष्टिकोणमा आधारित सो भेलाले मिटरब्याज र लघुवित्तका नाममा भइरहेको आर्थिक शोषण विरुद्ध सशक्त जनआन्दोलनको आधार तयार गर्ने लक्ष्य लिएको नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका इन्चार्ज कमल सुस्लिङले बताए ।उनका अनुसार जिल्लाभरिका मिटरब्याज तथा लघुवित्तबाट पीडित समुदाय,श्रमिक,किसान, महिला तथा जनप्रगतिशील व्यक्तिहरूको सहभागीता रहेको थियो।भेलामा नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेश इन्चार्ज अनिल शर्मा(विरही)ले सम्बोधन गरेका छन् ।

21.jpg
उनले कार्यक्रमलाई सम्बोधन गर्दै जनताका मुद्धा उठाएर समाधान गर्न जनता संगठित हुन जरुरी रहेको बताए ।उनले पुजिपती,दलाल र शुद्धखोरहरुको व्यवस्था रहँदा सम्म सर्व साधारण नेपाली जनता सधैँ मिटरब्याज तथा लघुवित्त पीडित भई रहनु पर्ने बाध्यता अन्त्य नहुने समेत नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेश इन्चार्ज बिरहीले बताए ।उनले मिटरब्याज तथा लघुवित्त पिडकहरु घरखाली गराउन आउँदा लुरुक्क परेर नभाग्न बरु कडा प्रतिकार गर्न आग्रह गरे । 
त्यस्तै विभिन्न क्षेत्रका संघर्षशील नेताहरूले आर्थिक अन्यायको विरुद्धमा जागरुकता,संगठन र प्रतिरोध निर्माणका विषयमा धारणा राखेका छन्।मिटरब्याज पिडितलाइ न्याय दे,लघुवित्त पिडितलाई न्याय दे,एकीकृत जनक्रान्ती जिन्दावाद जस्ता नारासहित कार्यक्रम सुरु गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार