Close This

टिपरको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गयो, स्थानियले टिपर जलाए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-४ गते   १४३ पटक हेरिएको

सर्लाहीको हरिपुर्वामा टिपरको ठक्करबाट मोटरसाइकल यात्रुको घटनास्थलमै ज्यान गएकोछ । जिल्लाको हरिपूर्वा नगरपालिका ८ वसतपुरमा टिपरको ठक्करबाट मोटर साइकल यात्रु ईश्वर नगरपालिका–१३ का ३० वर्षीय अर्जुन महतोको घटना स्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा ज ७ प ९०४२ नम्बरको मोटर साइकललाई 
ना ७ ख ५६६० नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको टिपरले ठक्कर दिँदा मोटरसाईकलमा सवार महत्तोको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
घटना पश्चात् आक्रोशित स्थानीयले ना ७ ख ५६६० नम्बरको टिपरमा आगजनी समेत गरेका छन् । स्थानीयहरुले बजार क्षेत्रमा पनि तीव्र गतिमा टिपर चलाएकाले घटना भएको भन्दै टिपरमा आगजनी गर्नुका साथै सडक अवरुद्ध गरेर केही समय प्रदर्शन समेत गरेका थिए । टिर चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech