लालबन्दीका पासवान र थापा मधेश प्रदेश स्टार वडा अध्यक्ष घोषीत

1k Shares

आत्मा पहिचान,आत्मा सम्मानको आधारस्तम्भ संघीयतालाई आर्थिक भार भएको भन्ने गलत भाष्य खडा गरिएको मधेश प्रदेशका सभामुख राम आशिष यादवले बताए।उनले संघीय सरकारका प्रमुख तथा पदाधिकारीहरुले करिब ८० प्रतिशत बजेट राख्ने र बाँकी रहेको २० प्रतिशत बजेट प्रदेश तथा पालिकामा पठाउने गरेका बताउँदै प्रदेश तथा संघीयता कसरी भार भयो ? भन्दै प्रश्न गरे ।
मधेश प्रदेशका स्थानीय तहहरुका एक हजार दुई सय ७१ वटा वडाहरु रहेका मध्य ५१ वटा वडाका वडा अध्यक्षहरुलाई स्टार वडाअध्यक्ष घोषणा गर्दै “स्टार वडाअध्यक्ष समर्पण,सेवा र नेतृत्वको ५१ सुत्र”नाम पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका सभामुख यादवले नेपाली जनताको स्वाभिमान र आत्मारक्षा तथा आत्मा सम्मानको पहिचान खोस्ने काममा संघीय सरकार लागि परेको आरोप लगाए ।
उनले मानविय रक्षा,सभ्यता,सवलता र मानविय उचाई लोकतन्त्रमा मात्रै सम्भव रहेको बताउँदै सबै नेपाली नागरिकहरुको अधिकार सुरक्षित संघीयता विना सम्भव नहुने समेत बताए ।
यता,मधेशका स्टार वडा अध्यक्षहरुमा सर्लाहीका दुई जना वडाअध्यक्षहरु घोषणा भएका छन् ।११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरि २० वटा स्थानीय तहहरुका दुई सय वटा वडाहरु रहेको सर्लाहीको लालबन्दी नगरपालिकाका दुई जना वडाअध्यक्षहरु मधेश प्रदेश स्टार वडाअध्यक्ष घोषणा भएका हुन ।
स्टार वडाअध्यक्ष घोषणा हुनेमा लालबन्दी नगरपालिका–२ का वडाअध्यक्ष किरण कुमार पासवान र लालबन्दी नगरपालिका–१६ का वडाअध्यक्ष गणेश बहादुर थापा रहेका छन्।मधेश प्रदेशका एक हजार दुई  सय ७१ वडाहरु रहेका मध्य ५१ जना वडाअध्यक्षहरुले गरेको नमुना कामहरु समेटेर तयार पारिएको “स्टार वडाअध्यक्ष समर्पण,सेवा र नेतृत्वको ५१ सुत्र”नामक पुस्तक मधेश प्रदेशका सभामुख यादवको प्रमुख अतिथिमा जनकपुरमा बिमोचन गरिएको  हो ।
मधेश प्रदेशका आठ जिल्लामा एउटा महानगरपालिका,तीन वटा उपमहानगरपालिका,७३ वटा नगरपालिका र ५९ वटा गाउँपालिकाका गरि कुल एक सय ३६ वटा पालिकाका एक हजार दुई सय ७१ वटा वडाहरु मध्य ५१ वटा वडा अध्यक्षहरुले गरेका  कामको विष्लेषणात्मक लेखलाई पुस्तकमा समेटेर“स्टार वडाअध्यक्ष”पुस्तक बिमोचन गरिएको लेखक सुरेश यादवले बताए ।
उनका अनुसार सर्लाहीका २० पालिकाका दुई सय वडाहरु मध्य लालबन्दी नगरपालिका २ का वडा अध्यक्ष पासवान र लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष थापा सहित मधेश प्रदेशका पाँच जिल्लाका पालिकाहरुबाट नमुना काम गर्ने वडा अध्यक्षहरुलाई स्टार वडाअधयक्ष घोषणा गरिएका हो ।

सम्बन्धित समाचार