Close This

उम्मेदवार छनौटमा माओवादी केन्द्रको नयाँ मापदण्ड

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-२२ गते   १७५० पटक हेरिएको

नेकपा(माओवादी केन्द्र)ले स्थानीय निर्वाचनमा उम्मेदवार चयन गर्दा अपनाउनुपर्ने मापदण्ड सार्वजनिक गरेको छ ।  गठबन्धन दलहरुबीचमात्रै निर्वाचनमा तालमेल गर्न पाईने निर्णय सहित उम्मेदवार चयन गर्दा अपनाउनुपर्ने मापदण्ड सार्वजनिक गरेको हो ।
 सत्तारुढ गठबन्धन दलको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)को हस्ताक्षर सहित माओवादी केन्द्रले जारी गरेको आन्तरिक परिपत्रमा विशेष परिस्थितिबाहेक पहिले विजयी उमेदवारलाई नदाहोर्याउन निर्देशन दिएको हो। त्यसैगरी उम्मेदवार देश जनता, पार्टी र क्रान्तिप्रति इमान्दार र निष्ठावान हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने मापदण्ड तोकेको छ। साथै विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौट गर्नुपर्ने पनि मापदण्डमा उल्लेख गरिएको छ। परिपत्रमा समावेशी समानुपातिक प्रतिनिधित्वलाई लागू गर्न पनि निर्देशन दिइएको माओवादी केन्द्रको परिपत्रमा उल्लेख गरिएको छ।
त्यसैगरी गठबन्धन दल बाहेक अन्य दलसँग तालमेल गर्नुपर्ने अवस्था आएमा गठबन्धनमा अनुमति लिएर गर्न सक्ने बाटो खुला गरिएको परिपत्रमा उल्लेख छ। त्यसैगरि स्थानीय वडा तहदेखि नै गठबन्धनको संयुक्त संयन्त्र निर्माण गर्ने र गठबन्धन र अन्य दलको वर्तमान अवस्था कस्तो छ ५ दिनभित्र स्पष्ट तथ्यांक पठाउन पनि निर्देशन दिएको परिपत्रमा उल्लेख गरिएको छ। ‘संयन्त्रको बैठक आयोजना गरी ५ दिनभित्र गठबन्धन र अन्य दलको निर्वाचन सम्वन्धी वर्तमान अवस्था कस्तो छ, तथ्यगत वस्तुस्थितिको जानकारी सहितको रिपोर्ट केन्द्रीय संयन्त्रमा पठाउन परिपत्रमा उल्लेख गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिनु भयो । संयन्त्रमा एक दलबाट एक जनाको दरले प्रतिनिधि रहने व्यवस्था गरिएको छ।
भने मापदण्ड अनुसार विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदाहोर्याउने,देश जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनु पर्ने,स्वच्छ छवि भएको हुनु पर्ने,विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिनु पर्ने,पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिइएको हुनु पर्ने लगायतका कुरा परिपत्रमा उल्लेख गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech