सर्लाहीको ईश्वरपुर नगरपालिकाका विभिन्न विद्यालयहरुमा कार्यरत ३८ जना बाल विकास शिक्षिकालाई साइकल वितरण गरिएको छ ।लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर इश्वरपुर नगरपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत ३८ जना बाल विकास शिक्षिकाहरुलाई साइकल वितरण गरिएको इश्वरपुर नगरपालिकाको युवा तथा शिक्षा शाखाले जनाएको छ ।
इश्वरपुर नगरपालिकाको कार्यालय परिसरमा नगर प्रमुख मनोज कुमार आचार्य,उपप्रमुख रञ्जिता देवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत डा.पंकज कुमार साह लगायतको विशेष उपस्थितिमा बालविकास शिक्षिकालाई साइकल वितरण गरिएको इश्वरपुर नगरपािलकाको महिला तथा बालबालिका शाखाकी प्रमुख गायत्री चौधरीले बताईन् ।
उनका अनुसार सामुदायिक विद्यालयमा शिक्षाको स्तर सुधार गर्न योगदान गरिरहेको र सबैभन्दा तलका कक्षा बाल विकासका बालबालिकालाई मेहनतका साथ अध्यापन गराउँदै आएकाले बालविकास शिक्षिकाहरुको प्रोत्साहनका लागि सम्मान गरिएको हो ।