नेकपा विप्लव समुह सर्लाहीद्धारा हरिवनमा (एमसीसी)को विरोधमा प्रदर्शन

4.7k Shares

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विप्लब समुह सर्लाहीले सर्लाहीको हरिवनमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध प्रदर्शन र (एमसीसी) पत्र जलाउने गरेको छ । नेकपा(विप्लव)समुहका सर्लाही सेक्रेटरी कमल सुस्लीङको प्रमुख अतिथ्यतामा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएकाले यसलाई तुरुन्त खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको हो ।
विरोध प्रदर्शनमा सहभागीहरुले “देश बेच्न पाईदैन एमसीसी चाहिदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर,राष्ट्रघाती एमसीसी फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद राष्ट्रघाती एमसीसी मुर्दाबाद, स्वतन्त्रता हन्न गर्न पाईदैन, गो ब्याक एमसीसी, रिजेक्ट एमसीसी, नो एमसीसी” लगायतका नारा लगाउँदै हरिवनको मुख्य बजारमा विरोधमा प्रदर्शन गरेको  हो ।
एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएकाले यसले मुलुकलाई अस्थिरता तर्फ लगि विनाशको बाटोमा पुर्याउने हुँदा कुनै पनि शर्तमा यो सम्झौता लागू गर्न नहुने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विप्लब समुह सर्लाहीका सेक्रेटरी सुस्लीङले बताउनु भयो ।
कार्यक्रममा बोल्दै पुर्व जिल्ला सेक्रेटरी जनक राउतले देश संकटमा रहेको समयमा विभिन्न प्रपञ्च रच्ने रास्ट्रघातिहरुलाई सडकमा ल्याउनु पर्ने बताउनु भयो । उहाँले राष्ट्र र राष्ट्रियताको रक्षाका  लागि सबै नागरिक एमसिसि विरुद्ध आन्दोलनमा आउन अपिल गर्नु भयो । एमसिसिका उपाध्यक्ष फतिमा सुमार एमसिसिको दलालहरुको घरघर,कोठा कोठा घुमि रहनुबाट नै प्रष्ट छ कि एमसिसि राष्ट्रघाती छ । अनुदान भए किन जबर्जस्ति गर्नु पर्यो उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले २०७६ असार ५ गते राज्यद्वारा हत्या गरिएका सहिद कुमार पौडेलको  सपना पूरा गर्न आफ्नो पार्टी निरन्तर संघर्समा रहेको बताएका युवा संगठन नेपालका केन्द्रिय सदस्य बिचार मानले जानकारी दिनु भयो । उहाँका अनुसार पौडेल सुकुम्बासीहरुको ढुकढुकी रहेको र पौडेलले छोडेको बाकी कार्यभार पूरा गर्न आफ्नो पार्टी निरन्तर अगाडि बढिरहेको छ । 
अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य  किसुनदेब शर्माले बिगतमा भएका रास्ट्रघाती सन्धि सम्झौता सबै खारेजी गरिनु पर्ने र (एमसिसि)लाई नेपालमा भित्रीन दिनु नहुने बताउनु भयो । उहाँले एमसिसिको विरुद्ध संघर्ष गर्न सबै नागरिकहरुलाई अपिल गर्नु भयो ।
कार्यक्रममा पुर्व जिल्ला सेक्रेटरी जनक,सेक्रेटरी कमल,युवा संगठन नेपालका केन्द्रिय सदस्य बिचार मान,अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य पदम मगर(बिहानी),अनेरास्ववियु(क्रान्तिकारी)का सर्लाही  जिल्ला संयोजक अर्पण पौडेल,अनेमसंघ (क्रान्तिकारी) सर्लाही जिल्ला अध्यक्ष पर्मिला लामा(राउत) लगायतका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विप्लब समुह सर्लाहीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार