सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षबाट एकजना थुनुवा भागेको विषयमा अनुसन्धानका लागि भन्दै चार जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाही तानिएको छ।बरहथवा नगरपालिका ९ मूर्तियाका रामआयोधी मुखिया ईलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षबाट भागेपछि आवश्यक अनुसन्धानका लागि भन्दै इलाका प्रहरी कार्यालय हरिवनका थुनुवा अधिकृतसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाही तानिएको स्रोतले जनाएको छ।तर जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले हरिवनबाट को को प्रहरी अधिकारी तानिए ? भन्ने विषयमा नखुलाएको भएपनि ईलाका प्रहरी कार्यालय हरिवनका सई भिमराज सुवेदी,प्रहरी जवान भद्रकाली खत्री र सुनिल साह सहित अर्का एकजना प्रहरी कर्माचारी(मुद्दा शाखाका हबल्दार) आवश्यक छानविनका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाही तानिएका स्रोतले जनाएको छ ।
सई सुवेदी ईलाका प्रहरी कार्यालय लालबन्दीमा हुँदा माद्यक पदार्थ सेवन गरी ईलाका प्रहरी कार्यालय लालबन्दीको गाडि चलाई दुर्घटना गराएपछि ईलाका प्रहरी कार्यालय हरिवन गएका थिए।नेपाल प्रहरीको जागिर खाएपनि निजामती जागिर खामए झैँ सम्झीने सई सुवेदीलाई आफ्नो जागिर भन्दा मद्यिरा र युवती प्यारो लाग्ने गरेको प्रहरी अधिकारीहरु नै बताउँछन्।सई सुवेदीले गरेको गल्तीको सिकार प्रहरी जवान खत्री र गुप्ता भएका प्रहरी अधिकारीहरु नै बताउँछन् ।
हिरासत कक्ष सरसफाइ गर्ने क्रममा भागेका मुखियालाई हरिवन नगरपालिका ६ घुर्काैली स्थित नयाँ बस्तीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।गत कात्तिक ४ गते अन्दाजी छ किलो लागु औषध गाँजासहित पक्राउ परेका मुखियालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय हरिवनको हिरासत कक्षमा राखिएको थियो ।प्रहरीको चरम लापरबाहीका कारण समय समयमा यश प्रकारका घटनाहरु घटि रहने गरेका भए पनि प्रहरी सजग नभएको जानकारहरु बताउँछन् ।