Close This

आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१४ गते   २८९ पटक हेरिएको

जिल्लाको बसबरिया गाउँपालिकामा एक बृद्धको विभत्स तरिकाले हत्या गरिएको छ । बसबरिया गाउँपालिका–५ धनगढा निवासी करिब ७५ वर्षिय रामअधिन रायको घरेलु हतियार प्रहारबाट हत्य भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो । आफ्नै आँपको बगैचामा सुति रहेको अवस्थामा गएराती बृद्धलाई अनुहार र टाउकोमा घरेलु धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरी उपरिक्षक पोख्रेलले जानकारी दिनुभयो । 
हत्याको आरोपमा मृतकका कान्छो छोरा अन्दाजी वर्ष ४० का बिनोद रायलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार आफ्नै घरमा खाटमुनी लुकेको अवस्थमा प्रहरीले रायलाई पक्राउ गरेको जनाएको छ ।   कान्छो भाइले मदिरा सेवन गरेर पटक पटक बुबालाई गाली बेईजती र कुटपिट गर्दै आएको मृतका जेठो छोरा रामविश्वास रायले बताए ।

उनिहरुको बीचमा जग्गा जमिनको विषयलाई लिएर पटक पटक घरायसी झगडा हुने गरेको पारिवारीक स्रोतले बताएको छ ।  घटना सम्बन्धमा थप अनुसंधान गरी रहेको प्रहरी उपरिक्षक पोख्रेलले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech