जिल्ला हुलाक कार्यालय सिन्धुलीले विश्व हुलाक दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने तीनजना कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण–पत्रसहित सम्मान गरेको छ।जिल्ला हुलाक कार्यालय सिन्धुलीको सभाहलमा आयोजित कार्यक्रमका बीच आफ्नो ३१ वर्ष हुलाक सेवा अवधिमा उत्कृष्ट दक्षता,इमानदारी र प्रशंसनीय कार्यशैली प्रदर्शन गर्ने जिल्ला हुलाक कार्यालय सिन्धुलीका खरिदार लाल बहादुर भुजेल,१५ वर्ष हुलाक सेवा अवधिमा उत्कृष्ट दक्षता,इमानदारी र प्रशंसनीय कार्यशैली प्रदर्शन गर्ने पालिका हुलाक कार्यालय दुधौलीका हल्कारा श्याम प्रसाद अधिकारी र १३ वर्ष हुलाक सेवा अवधिमा उत्कृष्ट दक्षता,इमानदारी र प्रशंसनीय कार्यशैली प्रदर्शन गर्ने अतिरित्त हुलाक कार्यालय डुडभञ्ज्याङमा पत्र वितरकको रुपमा कार्यरत रहेकी दुर्गा माया सुनुवारलाई विश्व हुलाक दिवसको अवसरमा सम्मान गरिएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका सूचना अधिकारी दुर्गा प्रसाद पहाडीले जानकारी दिए ।
हुलाक सेवा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको राज्यको एक अविच्छिन्न अङ्ग भएकाले आफ्ना नियमित कामहरु सरकारी कुरियर सेवा,राष्ट्रिय परिचय–पत्र र राहदानी सम्बन्धी अनलाइन दर्ता सेवा,रजिष्ट्री पत्र सेवा,साधारण पत्र सेवा,पार्सल/पुलिन्दा सेवा,हुलाक टिकट बिक्री सेवा र द्रुत डाँक सेवाका साथै पत्र–पत्रिकाको हुलाक दर्ता तथा नवीकरण,सूचनाको हक सम्बन्धी कानुनको कार्यान्वयनका सन्दर्भमा अनुगमन तथा प्रतिवेदन,प्रेस प्रतिनिधि प्रमाण–पत्रको नवीकरण तथा प्रेस कार्ड वितरणमा सहजीकरण,एफ.एम.,रेडियो,पत्र–पत्रिका एवं केवल ÷टेलिभिजनको लाइसेन्स तथा इजाजत पत्रको नवीकरण,लोककल्याणकारी विज्ञापन प्रकाशन÷प्रसारण बापत अनुदान वितरणमा विज्ञापन बोर्डको निर्देशन परिपालना गरि रहेको जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम हुलाक अधिकृत कुमार थापाले बताए ।
उनका अनुसार प्रविधिको यो द्रुत युगमा हुलाक सेवाले परम्परागत पहिचान जोगाउँदै डिजिटल र आधुनिक सेवा प्रवाहमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औल्याउदै समसामयिक विषयवस्तु सम्बद्ध सूचनाहरुलाई कार्यालयको फेसबुक पेज र वेभसाइटमा अपलोड गरी नियमित रुपमा सम्प्रेषण मार्फत सर्वसाधारणलाई सूचना प्रदान गरि रहेको जिल्ला हुलाक कार्यालय सिन्धुलीले जिल्लाका आठ वटा पालिका हुलाक कार्यालयहरु,एउटा हुलाक काउन्टर भिमान सहित जिल्ला हुलाक कार्यालय गरी कुल १० वटा कार्यालय रहेको सिन्धुलीका प्राय सबै कार्यालयहरुबाट पिट्स सेवाका साथै राष्ट्रिय परिचय–पत्र र राहदानीको अनलाइन दर्ता सम्बन्धी सेवाहरू निःशुल्क रूपमा प्रवाह भईरहेको छ ।
“घरघरमा हुलाक,मनमनमा हुलाक”भन्ने मुल आशयलाई आत्मसात गर्दै “हुलाक सेवा केवल चिठीपत्र आदान–प्रदान गर्ने माध्यम मात्र नभई यो दुर्गम बस्तीदेखि सहरी क्षेत्रसम्म नागरिक र राज्यलाई जोड्ने बलियो सेतु हो भन्ने आभाष दिलाउन पिक एण्ड ड्रप सेवा समेत सञ्चालन सुरु गरिएको कार्यालयले जनाएको छ ।हुलाक सेवालाई समयसापेक्ष,प्रविधिमैत्री र अझ बढी प्रभावकारी बनाउन कार्यालयले वित्तीय सेवा,ई–कमर्स र पार्सल वितरण प्रणालीमा देखिएका चुनौतीहरूलाई चिर्दै सेवाग्राहीको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको छ।
मुलुकको फेरिएको परिस्थितिअनुसार हुलाक सेवालाई समयसापेक्ष परिमार्जन गर्दै हरेक नागरिकको घरदैलोसम्म सुलभ र भरपर्दो सेवा पुर्याउन भन्दै सरकारी,गैर सरकारी, सहकारी, बैँक तथा वित्तीय संस्थाहरु लगायत संगठित संस्थाको माग अनुसार पत्र तथा पार्सल÷पुलिन्दा दर्ता र वितरणका लागि फोनबाट सम्पर्क गरी यथास्थानबाटै सेवा दिने काम पनि जिल्ला हुलाक कार्यालय सिन्धुलीले विश्व हुलाक दिवसको अवसर पारेर सुरु गरेको छ ।