सहमती विरुद्ध विद्यालयको जग्गामाथी स्थानियको हकदाबी,

1.7k Shares


ऐलानी जमिनको लाल पुर्जाका लागि फारम भर्न थालेपछि सर्लाहीमा सार्वजनिक सम्पती माथी स्थानियले हस्तक्षेप गर्नथालेका छन् । विगत लामो समयपछि ऐलानी जमिनको लगत संकलन गरि लापुर्जा वितरण गर्ने प्रक्रिया सुरु भएपछि जिल्लामा सार्वजनिक सम्पती माथीको हस्तक्षेप बढेको हो ।
जिल्लाको लालबन्दी नगरपालिका १६ परवानिपुर चौकमा रहेको डिम जनता माध्यमिक विद्यालयको ऐलानी जमिनमा आफुहरुलेलालपुर्जा पाउनु पर्ने दाबी गर्दा विवाद सृजना भएको छ । विगत करिब ४ दशकदेखि विद्यालयको नाममा रहेको ऐलानी जमिनमा केही स्थानियले आफुखुसी घरटहरा बनाएर अहिले लालपुर्जा पाउँने प्रक्रिया सुरु भएपछि आफुहरुले सो जमिन पाउनु पर्ने भन्दै स्थानीयले दावी गर्दा विवाद बढेको हो । 
सो जग्गामा वर्षौदेखि स्वामित्वको विषयलाई लिएर टकराब भइरहेको अवस्थामा अहिले भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको फारम भर्ने समयमा डिम जनता माध्यमिक विद्यालय वा स्थानीयवासीमध्ये कसले आफ्नो दावी गर्दै फारम भर्ने भनेर विवाद उत्पन्न भएको विद्यालयले जनाएको छ । 
विद्यालयको ऐलानी जग्गामा स्थानीय अजय खड्का,जितबहादुर थापा,थमकुमारी भण्डारी,ज्ञानबहादुर खड्का, गोमा न्यौपाने, खुदिल बिक्रम बस्नेत र इन्द्रबहादुर थापाले हस्तक्षेप गरि आफ्नो घर बनाएर बसेका थिए । स्थानीयले वर्षौअघिदेखि भोगचलन गर्दै आएकाले सो जग्गाको लालपूर्जाका लागि आफूहरुले फाराम भर्न पाउनुपर्ने माग राखेर विवाद सृजना गरेका छन् ।
लालबन्दी नगरपालिकाको न्यायिक समितिले सो जग्गा विद्यालयको रहेको भन्दै घर भएकाहरुले त्यहाँ बस्न इच्छुक भए भाडा तिरेर बस्न सक्ने निर्णय गरेको थियो । स्थानियले त्यतिवेला न्यायिक समितिले गरेको निर्णय आफुहरुलाई मान्य हुने बताए पनि पछि विभिन्न बाहनामा उनिहरुले आफुहरुले भोगचलन गरेको जग्गाको लालपुर्जा आफुहरुले पाउनु पर्नेमाग गर्दै जिल्ला अदालत सर्लाहीमा रिट निवेदन पेश गरेका थिए । तर जिल्ला अदालतले न्यायिक समितिको निर्णयलाई उल्टाउँदै सो जग्गा ऐलानी रहेको फैसला सुनाएको थियो । भने सो ऐलानी जग्गा जसले भोगचलन गरि रहेको छ उसैले पाउनुपर्ने स्थानियले दावी गरेका छन् । गाउँमा एउटै प्रकृतिको जग्गामा अरु बस्न पाउने तर आफूहरुलाई बिल्लीबाठ पार्ने नियतले सुकुम्वासीको फाराम भर्न नदिएको उनीहरुको आरोप छ ।
यता,लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष गणेशबहादुर थापाले स्थानीयले घर बनाएर बसेको जग्गा विद्यालयकै भएको दावी गर्नुभयो । वडाध्यक्ष थापाले आफूहरु सानै हुँदादेखि नै सो जग्गा विद्यालयकै रहेको दावी गर्नुभयो ।
उहाँले विद्यालयको जग्गा भएकाले स्थानीयले भने अनुसार जग्गाको लालपूर्जाका लागि उनीहरुलाई फाराम भराउन नसकिने बताउनुभयो । लालबन्दी नगरपालिका १५ का वडाध्यक्ष गोरखबहादुर बलले धमाधम पक्की घर बन्न थालेपछि सो जग्गाबारे प्रहरीमा समेत उजुरी परेको र प्रहरीमा सबै बसेर छलफल गर्दा स्थानीयहरु विद्यालयले गर्ने हरेक निर्णय मान्न तयार भएका बताउनु भयो । वडाध्यक्ष बलले पनि सो जग्गा विद्यालयकै रहेको बताउनु भयो ।
यस्तै, लालबन्दी नगरपालिकाको कार्यपालिका बैठकले पनि केही समयअघि सो जग्गा विद्यालयको रहेको भन्दै स्थानीयले भाडा तिरेको खण्डमा मात्रै त्यहाँ बस्न पाउने निर्णय गरेको छ । लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले यसअघिकै जनप्रतिनिधिहरुले सो प्रकारको निर्णय गरि सकेका र आफूहरुले पनि सोही अनुसारको निर्णय गरेको बताउनु भयो ।
स्थानीयहरु फाराम भर्न पाउनुपर्ने माग गर्दै अहिले पनि लालबन्दी नगरपालिकाको न्यायिक समितिमा धाई रहेका छन् । लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख कल्पनामाया पाख्रिनले फाराम भर्न पाउनुपर्ने माग गर्दै स्थानीयहरु बारम्बार नगरपालिका कार्यालय आइरहेका बताउनु भयो ।
७ घरमध्ये केहीको त्यहाँमात्रै जग्गा रहेको र त्यहाँबाट उठाए समस्या पर्ने भन्दै गुनासो पोख्न आइरहेका न्यायिक समितिले जनाएको छ । लालबन्दी नगरपालिकाका निवर्तमान नगर प्रमुख मानबहादुर खड्काले त्यसबेलाको न्यायिक समितिले विद्यालयको नाममा रहेको जग्गा भाडामा लगाउने निर्णय गरेपनि अदालतले निर्णय नै उल्टाइ दिएको बताउनु भयो ।
त्यस्तै,भूमि आयोगले १० वर्षदेखि निरन्तर बसोवास जसको छ,उसैले सो जग्गाको लालपूर्जाका लागि फाराम भर्न सक्ने बताएको छ । छेउछाउमा अरु जग्गा पनि ऐलानी रहेको र त्यसमा बसोवास गर्नेहरुलाई फाराम भर्न दिइएको तर आफूहरुलाई वडा कार्यालय पुग्दा फाराम भर्नै नदिएको स्थानिय अजय खड्काले गुनासो गर्नुभयो ।

सम्बन्धित समाचार