इश्वरपुरको व्यवसायीक भवन र आँखा अस्पतालको उद्धघाटन

295 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ मा निर्माण भएको व्यवसायीक भवन र इश्वरपुर नगरपालिका ९ मा स्थापना भएको आँखा अस्पतालको नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्धघाटन गरेका छन्।इश्वरपुर नगरपालिका ९ मा स्थापना भएको आँखा अस्पताल र नगर विकास कोषको आर्थिक सहयोगमा निर्माण भएको इश्वरपुर ६ मा निर्माण भएको व्यवसायीक भवन उद्धघाटन गर्न सर्लाही आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले ईश्वरपुर नगरपालिकामा डाइलेसिस गर्ने गरी एउटा उपचार केन्द्र स्थापना गर्ने र डाइलेसिस गर्ने तीन सेट उपकरण उपलब्ध गराउने प्रतिवद्धता जनाएका इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार ईश्वरपुरमा मन्त्रालय र पालिकाको समन्वयमा पाठेघरको उपचार केन्द्र पनि स्थापना गर्ने तयारी भएको छ।व्यवसायीक भवन र आँखा अस्पताल उद्धघाटन गर्न सर्लाही आएका मन्त्री पौडेलले स्वास्थ्य बीमामा केही जटिलता भएको हुदाँ सो जटिलता सहज गर्दै रु एक लाख बीमा रकम बाट रु पाँच लाख पु¥याउने काम अघि बढाइएको बताए । सेवाग्राहीहरु औषधीमा समेत ठगिन पुगेको हुदाँ औषधीको मुल्य समायोजन हुने गरी फार्मेसीले मुल्य हेर्ने गरी सुचना टाँस्ने व्यवस्था मिलाउने मन्त्री पौडेलले बताए ।
ईश्वरपुर नगरपालिकामा स्वास्थ्य क्षेत्र सुदृढ नभए सम्म नगर प्रमुख पदको कुर्सीमा नबस्ने इश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्यले बताए।उनले आफुले नगरवासी समक्ष भोट माग्न जाँदा ईश्वरपुरमा पाठेघरको अप्रेशन तथा मृगौलाको उपचारको व्यवस्थापन गर्न वचन दिएको र त्यो वचन पूरा नगरेसम्म नगर प्रमुख पदको कुर्सीमा नबस्ने प्रतिवद्धता जनाए।उनले मन्त्री पौडेललाई ईश्वरपुरमा पाठेघरको अप्रेशन र मृगौलाको उपचारका लागि समन्वय गरि दिन अनुरोध गरे ।नेपाल नेत्र ज्योति संघ,हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्यायन संस्थान तथा भरतपुर आँखा अस्पताल चितवन र ईश्वरपुर नगरपालिकाको संयुक्त सहकार्यमा ईश्वरपुरमा आँखा अस्पताल स्थापना भएको हो ।
कार्यक्रममा सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी,लालबन्दी नगरपालिका नगर प्रमुख बासुदेव अधिकारी,चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, बर्दीवास नगरपालिकाका नगर प्रमुख प्रल्हाद कुमार क्षेत्री लगायतको उपस्थिति रहेको इश्वरपुर नगरपालिकाले जनाएको छ ।
इश्वरपुरको कार्यक्रम सम्बोधन गरी लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पतालको निरिक्षण र लालबन्दी नरगपालिका ६ मा निर्माणाधीन नगर अस्पताल अन्तर्गत ट्रमा सेन्टरको निरीक्षण गर्ने कार्यक्रम तय भएको भएपनि व्यस्तताका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले लालबन्दी नआएका नगर अस्पताल लालबन्दीका प्रमुख डा.चन्दन चौधरीले बताए ।

सम्बन्धित समाचार