विगत लामो समयदेखि लिलाम नहुँदा सर्लाही भन्सार कार्यालय मलंगवा परिसरमा राखिएका करोडौँ मूल्य बराबरका सवारी साधनहरु कबाड बन्दै गएका छन्।लामो र झन्झटिलो प्रक्रिया भएका कारण विगत चार वर्षदेखि भन्सार कार्यालयले लिलाम गर्न नसक्दा करिब पाँच सय मोटरसाईकल सहित दर्जनौँ जिप,कार,भेन तथा मिनि ट्रकहरु कबाड बन्दै गएको हुन् ।
भन्सार कार्यालय परिसरमा थन्किएका कतिपय मोटरसाइकलका पाटपुर्जामा खिया लागेर लिलाम नै नहुने अवस्था पुगेका छन्।एकातिर समयमा लिलाम नहुँदा सवारी साधन कबाड बनिरहेका छन्, अर्कोतिर सवारी साधन थन्क्याउने ठाउँसमेत अभाव हुन थालेको छ।”सर्लाही भन्सार कार्यालय मलंगवाकी भन्सार अधिकृत एवम प्रमुख उषा पोखरेलले बताईन्।उनका अनुसार पटक–पटक लिलामी प्रक्रिया थाले पनि प्रक्रिया लामो र झन्झटिलो साथै सवारी साधनहरु जीर्ण भएका कारण लिलामी हुन नसकेको हो ।
भन्सार कार्यालय मलंगवासंग आफ्नै प्राविधिक नभएको साथै अन्यन्त्रबाट प्राविधिकहरु मगाउनु पर्दा समय लाग्ने साथै सम्बन्धीत कम्पनीका प्राविधिक भन्दा अन्यले प्राविधिक स्टमेट गर्दा मुल्य लगायतमा समस्या देखिने गरेका कारण पनि लिलामी हुन नसकेको हो।”सर्लाही भन्सार कार्यालय मलंगवाकी भन्सार अधिकृत एवम प्रमुख पोखरेलले बताईन्।सम्बन्धीत कम्पनीहरु बाहेकका प्राविधिकहरुसंग गाडीको उत्पादन मिति पत्ता लगाउने सफ्टवेयर नहुने साथै उत्पादन मिति खुलाउन नसकिने गरेका कारण पनि समस्या आएको प्राविधिकहरुको भनाई छ ।
स्थापनाकालदेखि नै जनशक्तिको अभाव झेल्दै आएको सर्लाही भन्सार कार्यालय मलंगवाप परिसरमा थन्किएका सवारी साधनहरु लामो समयदेखि लिलाम नहुँदा सवारी थन्क्याउने ठाउँको अभाव हुनुका साथै भन्सार परिसर कुरुप देखिएको छ।भन्सार याड व्यवस्थित नभएको र खुला ठाउँ मै सवारी साधनहरु राख्दा वर्षायाममा सवारी साधनका पाटपुर्जामा खिया लागेर कबाड बन्दै गएका छन् ।सर्लाही भन्सार कार्यालय मलंगवामा दरबन्दी अनुसार कर्मचारी नहँुदा ठूलो समस्या झेल्दै आएको सर्लाही भन्सार कार्यालय मलंगवाकी भन्सार अधिकृत एवम प्रमुख पोखरेलले बताईन्।