265
Shares
सर्लाहीको ईलाका प्रहरी कार्यालय कर्मैयाले अवैध तरिकाले नदीजन्य पदार्थ ढुङ्गा लिएर पुर्व पश्चिम राजमार्गमा हिडेकाे एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
बागमती नदीबाट नदीजन्य पदार्थ ढुङ्गा अवैध तरिकाले लिएर पुर्व पश्चिम राजमार्गमा हिडेकाे ना ५ त ९८७७ नम्बरकाे ट्याक्टर ईलाका प्रहरी कार्यालय कर्मैयाकाे पुर्व पश्चिम राजमार्गमा रहेकाे प्रहरी चेक पाेष्टले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुनै पनि विल विजक नभएको साथै साथमा सवारीसाधनकाे कुनैपनि कागजात समेत नरहेकाे पाईएपछि ट्याक्टर नियन्त्रणमा लिएकाे हाे ।
तर उक्त ट्याक्टरलाई आवश्यक कार्वाहीका लागि कहाँ पठाउने भन्ने प्रहरीमा अन्याैलता देखा परेकाे छ ।