सर्लाहीको लालबन्दी नगरपालिका १४ मा एक जनाकाे भिरबाट लडेर ज्यान गएकाे छ । लालबन्दी नगरपालिका १४ योन्जन टोल बस्ने अन्दाजी वर्ष ५५ की मुसङमाया तामाङ भिरबाट लडी घाईते भईकी र उपचारकाे लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
भिरबाट लडी घाइते भएकी तामाङकाे उपचारकाे लागि जिल्ला अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घाेषणा गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङकाे शव जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।