कागजात नियन्त्रणमा लिँदै कमिसन असुल्दै ट्राफिक प्रहरी पर्सा

पत्र पत्रिका    प्रकाशित: २०८०-४-८ गते   ४८४ पटक हेरिएको

मधेश प्रदेशको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले मासिक कमिसन नदिने मालवाहक ठूला ट्रकहरुको आवागमनलाई रोकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले मासिक कमिसन नदिने ट्रिपर,ट्रक लगायतका मालवाहक सवारी साधन संचालनमा अवरोध पुर्याएको यातायात व्यावसायीहरुले वताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतमा खटिने वीरगंजको पावर हाउस चौक, परवानीपुर,ड्राइपोर्ट,पोखरिया लगायतका स्थानका ट्राफिक प्रहरी यसनिटहरुले ठुला सवारी साधनहरुबाट मासिक रुपमा कमिसन अलसुल्ने गरेका र कमिसन नदिने सवारी साधनहरुलाई विभिन्न वहानामा दुःख दिने गरेका सवारी चालकहरुको गुनासो छ ।
विशेष गरेर भारतिय नम्बरका सवारी साधनहरुलाई रोकेर विभिन्न वहानामा ट्राफिक प्रहरीले विना रसिद अवैध रकम असुल्ने गरेका छन् । दिनहु चल्ने नेपाली नम्बरका ठुला मालवाहक सवारी साधनहरुले ट्राफिक प्रहरीको झमेलाबाट मुक्ति पाउन मासिक रुपमा कमिसन बुझाउने गरेका छन् ।
भने मासिक रुपमा कमिसन नदिने मालवाहक सवारी साधनहरुको कागजात ट्राफिक प्रहरीले नियन्त्रणमा राख्ने र कमिसन दिन बाध्य बनाउने गरेका एक यातायात व्यावुसायीले गुनासो गरे ।
यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका ट्राफिक प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक मणिराम थापालाई सोध्दा आफुलाई सो विषयमा जानकारी नभएको र बुझेर भन्ने बताए । यसबाट पनि उनको समेत संग्लग्नतामा सो काम भएको प्रष्ट हुन्छ । ठुला सवारी साधनबाट असुली हुने अवैध रकमबाट प्रहरी निरिक्षक थापालाई समेत हिस्सा आउने गरेका कारण उनी मौन देखिएका ट्राफिक प्रहरी अधिकारीहरु नै बताउँछन् ।
एक महिना पहिला पोखरियामा खटिएका ट्राफिक प्रहरी रामसय यादवले एउटा ट्रिपरको परमिट नियन्त्रणमा लिएका थिए । पोखरिया रुटको परमिट नरहेको भन्दै अरु रुटको परमिट खोसेका ट्राफिक प्रहरीसंग पछि परमिट माग्दा जिल्लामा बुझाएको वताए ।पोखरियाको परमिट नपाउने गरेका कारण त्यहाँको परमिट नलिएको यातायात व्यावसायीहरुको भनाई छ ।
परमिटको लागि आफुले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्दा यातायात कार्यालयमा बुझाएको खबर पाएको यातायात व्यावसायीहरुले वताए । यातायात कार्यालय पुग्दा त्यहाँका कर्मचारीहरुले यहाँ जिल्लाबाट कुनै परमिट आएको छैन भने ।
पछि पुनः यातायात व्यावसायी जिल्लामा पुग्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा रहेका ट्राफिक प्रहरीले ती यातायात व्यावसायीसंग कुरै गर्न नचाहेका ती यातायात व्यावसायीको गुनासो छ ।
यी गुनासोहरु सुनाउन कार्यालय प्रमुख प्रहरी निरिक्षक थापाको कार्यकक्षमा पुग्दा उनी कार्यालयमा भेटिएनन् । फोन गर्दा फोन नउठेपछि ती यातायात व्यावसायी घर फर्किए ।आफ्नो सवारी साधनको खोसिएको परमिट फिर्ता गर्न आफुले धेरै दुःख पाएको ती यातायात व्यावसायीको गुनासो छ । उनी त यो घटनाको उदाहरण पात्र मात्र  हुन । यस्ता थुप्रै गुनासोहरु आउने गरेका छन् । यस्तो कार्यले सहजै ट्राफिक प्रहरीको नियत बारे अनुमान गर्न सकिन्छ ।वीरगन्ज एक्स प्रेस

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech