सिन्धुलीमा मंगलबार ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा कर्मचारी, जनप्रतिनिधि, सर्वसाधन रहेका छन । दुधौली नगरपालिकाका २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४६ जनाको स्वाव संकलन गरि पठाइएकोमा २७ जनाको रिपोट पोजेटिभ आएको हो । नगरपालिका भित्र क्वारेन्टाइनमा रहेका ५ जना र कन्ट्याक ट्रेसिङका २२ जना गरि २७ जनाको रिपोट पोजेटिभ आएको हो । नगरपालिका भित्र संक्रमण देखिनेमा ७ महिला र १९ जना पुरुष रहेका छन ।
गोलञ्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्र्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको भन्दै अध्यक्ष कार्र्कीले फेसबुकमा स्टाटस लेख्नु भएको थियो । उहाँले भन्नु भएको छ्, ‘पीसीआर परीक्षणबाट म मा कोभिड–१९ ((कोरोना भाइरस) को संक्रमण देखिएको हुँदा यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले विशेष सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’अध्यक्ष कार्र्की केही दिनदेखि ज्वरो आएका कारण घरमै बसेको परिवारको सा्रेतले जनाएकोे छ । यसैविच गाउँपालिकाको कन्ट्याक ट्रेसिङका एक जनामा कोरोना पुष्टि भएको छ ।
मरिण गाउँपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहका अनुसार ३७ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएका मध्ये ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमण देखिनेमा मरणि गाउँपालिका ३ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विमर्स मोक्तान(प्रख्यात)लाई पनि कोरोना संक्रमण देखिएको गाउँ पालिकाले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएकाहरु जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीहरु लगाएतका रहेका जिल्ला जन स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । यसैविच अर्काे सुचना जारी नभए सम्मका लागि मरिण गाउँपालिकाको सम्पुर्ण सेवा बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि मरिण गाउँपालिकाले आजदेखि सेवा बन्द गरेको छ। प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेलले हिजो एक सूचना जारी गर्दै कर्मचारीलाई कोरोना देखिएकाले १० दिनको लागि गाउँपालिकाको अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिएका छन । उर्मिला भट्टराई