शसस्त्र प्रहरीद्वारा करिब साँढे पाँच कराेड मूल्य बराबरकाे भन्सार छलिकाे सामान बरामद्

591 Shares

शसस्त्र प्रहरी बल नेपाल नं. १० गण हे.क्वा सर्लाहीले नेपाल भारत सीमा नाकाबाट तस्करी भई आएका करिब साँढे पाँच कराेड बराबरकाे सामान नियन्त्रणमा लिएर भन्सार बुझाएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा शसस्त्र प्रहरीले अन्दाजी रु पाँच कराेड ३७ लाख ६७ हजार पाँच सय पाँच मूल्य बराबरकाे भन्सार छलिका सामान पक्राउ गरि भन्सार बुझाएको शसस्त्र प्रहरी  बल नेपाल नं. १० गण हे. क्वा सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार भारतसँग करिब ५१ किलोमिटर खुला सिमाना रहेको जिल्लामा सीमा तस्करी चुनौतीपूर्ण भएको समयमा शसस्त्र प्रहरी बल नेपाल सर्लाहीले अहिलेसम्मकै बढी मूल्यकाे सामान नियन्त्रणमा लिन सफल भएको हो ।
बरामद गरिएका सामानमा  अन्दाजी रु एक करोड ७९ लाख मूल्य बराबरका सवारीसाधनहरु रहेका छन्। रु एक करोड २४ लाख १० हजार बराबरका कपडा,रु ४५ लाख बराबरका ईलेक्ट्रोनिक तथा हार्डवेरका सामानहरु,रु २१ लाख ७३ हजार बराबरको काठ,रु तीन लाख १८ हजार बराबरका पशु चौपाया,रु ७३ लाख ५८ हजार पाँच सय श्रोत नखुलेको नगद रुपैँया, रु ७८ लाख १६ हजार बराबरका किराना,कस्मेटिक, मलखाद, औषधी लगायत विभिन्न किसिमका सामानहरु बरामद गरी भन्सार बुझाएको  शसस्त्र प्रहरी बल नेपाल नं. १० गण हे.क्वा. सर्लाहीले जनाएकाे छ  ।
त्यसैगरी बरामद गरिएका सामानहरु मध्ये रु १२  लाख २७ हजार पाँच सय बराबरका पटका,कुखुरा,कुखुराका चल्ला, अण्डा तथा घरेलु मदिरा शसस्त्रस्त्र प्रहरीले  नियन्त्रणमा लिई नष्ट गरेको जनाएको छ ।
त्यस्तै सीमा नाकाबाट प्रतिवन्धित लागुऔषध छ सय ९३ किलाे गाँजा,६ दशमलव ५४ ग्राम ब्राउन सुगर,एक हजार एक सय २१ बोतल बिभिन्न किसिमका लागुऔषध,तीन हजार दुई सय ५० ट्याब्लेट र चार सय ४९  एम्पुल लागुऔषध सहित २६ जना मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सर्लाही  बुझाईएको शसस्त्र प्रहरी बल नेपाल नं. १० गण हे.क्वा सर्लाहीले जनाएको छ।

सम्बन्धित समाचार