राष्ट्रिय भूमि अधिकार मञ्च मधेश प्रदेशको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा पुनःविश्वकर्मा चयन

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-२६ गते   ४०० पटक हेरिएको

राष्ट्रिय भूमि अधिकार मञ्च मधेश प्रदेशको अध्यक्षमा पुनःमदनबहादुर विश्वकर्मा चयन भएका छन् ।सर्लाहीको बागमतीमा भएको भूमि अधिकार मञ्च मधेश प्रदेशको प्रथम अधिवेशनबाट सर्लाहीका विश्वकर्मा पुन अध्यक्ष चयन भएका हुन ।
बागमती नगरपालिका १ स्थित रहेको मञ्चको जिल्ला कार्यालयमा“सुरक्षित घरबास सबैलाई,खेतीयोग्य जमिन किसानलाई”भन्ने नारासहित भएको प्रथम प्रदेश अधिवेशनले विश्वकर्माको नेतृत्वमा १३ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
ईश्वरपुर नगरपालिका १२ घारिबथान निवासी विश्वकर्माले लामो समयदेखि भूमिहिन सुकुम्वासीको पक्षमा काम गर्दै आइरहेको छ । विश्कर्माको अध्यक्षतामा उपाध्यक्षमा पर्साकी सीता लामा,सचिवमा रौतहटका अनुप माझी,कोषाध्यक्षमा सप्तरीकी सोभिता कुमारी राम र सहसचिवमा बाराका टिकाबहादुर अधिकारी लगायत अन्य सदस्य सर्व सहमत चयन भएका हुन ।अधिवेशनमा मधेश प्रदेशका ८ जिल्लाबाट प्रतेक जिल्लाबाट ८ जनाका दरले प्रतिनिधि सहभागी भएका रहेको थियो ।
मञ्चका निवर्तमान अध्यक्ष विश्वकर्माको अध्यक्षता एवम केन्द्रीय सदस्य फौदसिंह स्याङ्वाको प्रमुख आतिथ्यतामा प्रथम प्रदेश अधिवेशन सफल रुपमा भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech