दिगाे फाेहाेर मैला व्यवस्थापन सम्बन्धि हरिवनमा १ दिने सेमिनार

287 Shares

हाम्रो रहर सफा शहर बनाउन दिगो फोहोर मैला व्यवस्थापन गर्दै फोहोरलाई मोहोरमा रुपान्तरण गर्न दिगो फोहोर मैला व्यवस्थापन सम्बन्धि एक दिने सेमिनार सर्लाहीको हरिवनमा सम्पन्न भएको छ ।
सर्भिस फर पिसको आयोजना तथा हरिवन नगरपालिकाको सहयोगमा हरिवन नगरपालिकाको सभा हलमा“हाम्रो रहर,सफा शहर” भन्ने मुल नाराका साथ दिगो फोहोर मैले व्यवस्थापन सम्बन्धि एक दिने सेमिनार सम्पन्न भएको सर्भिस फर पिसकी फोहोर मैला व्यवस्थापन निर्देशक सोनि कुमारी बम्जनले जानकारी दिईन ।
उनका अनुसार हरिवन नगरपालिका क्षेत्रबाट निस्कने फोहोरलाई कसरी दिर्घकालिन रुपमा व्यवस्थापन गर्दै मोहोरमा बदल्न सकिन्छ भन्ने योजनाका साथ सेमिनारको आयोजना गरिएको हो ।
कार्यक्रममा हरिवन नगरपालिका का नगर प्रमुख रमेश बुढाथोकी, उप प्रमुख हरिमाया घलानका साथै हरिवन नगरपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरु का साथै फेम्लि पिस यसोसियसन का अध्यक्ष एवम वातावरण विज्ञ डा.किशोर कुमार राज भण्डारी, सर्भिस फर पिसकी महासचिव जिन्तु नकर्मी(खनाल),फेम्लि पिस यसोसियसनका महासचिव निरन्जन थापा,सर्भिस फर पिसका कार्यक्रम संयोजक हेम बहादुर महत र प्रोजेक्ट मेनेजर तजविज भण्डारीका साथै उद्योग बाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोत लगायतको विशेष उपस्थिति रहेको सर्भिस फर पिसका केन्द्रीय सदस्य मनिष बरालले जानकारी दिए । 
हरिवन नगरपालिकाले फोहोर मैला व्यवस्थापनमा चासो नदेखाएको भन्दै विभिन्न सञ्चार माध्यमहरुबाट पटक पटक समाचारजन्य सामाग्रीहरु प्रकाशन भएका थिए । त्यसपछि हरिवन नगरपालिकाले फोहोर मैला व्यवस्थापनका लागि आधुनिक प्रविधि अपनाउन सुरु गरेको थियो ।

सम्बन्धित समाचार