नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट अनेरास्ववियू सर्लाहीले सर्लाहीका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुखसँग अन्र्तक्रिया गरेको छ ।
कोरोना भाईरस(कोभिड १९) को कहर पछि सर्लाहीका शैक्षिक संस्था कसरी व्यवस्थित ढंगले फेरि सञ्चालनमा ल्याउने, विद्यार्थीहरुलाई कसरी सुरक्षित तरिकाले पठनपाठन गराउने लगायत विषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुखसँग अन्र्तक्रिया कार्यक्रम गरेको अनेरास्ववियू सर्लाहीका संयोजक बिवेक मैनालीले जानकारी दिनु भयो ।

विभिन्न शैक्षिक मुद्दाहरुका सवालमा छलफलमा रहेको अनेरास्ववियू सर्लाहीले कोरोना पछिको जिल्लाका शैक्षिक संस्थाहरुको अवस्था,पठन पाठन लगायतका विषयमा सरोकारवाला निकायसंग छलफल जारी राखेको अनेरास्ववियूका केन्द्रीय निर्वाचन आयोग सदस्य सरोजबाबु न्यौपानेले बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य सिबि साह, निर्वाचन आयोग सदस्य न्यौपाने, अनेरास्ववियु आर आर क्याम्पस कमिटी अध्यक्ष तथा स्ववियु उपसभापति श्रीकृष्ण उप्रेती, अनेरास्ववियू सर्लाहीका संयोजक मैनाली,जनज्योती बहुमुखी क्याम्पस स्वावियू सभापति शिवहरी गौतम,सहित अनेरास्ववियूका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको अनेरास्ववियू सर्लाहीले जनाएको छ ।
अन्र्तक्रिया कार्यक्रम पश्चात अनेरास्ववियू सर्लाहीले लिखितरुपमा केही सल्लाह सुझाव र संगठनको आधिकारिक धारणा सहितको ध्यानाकर्षण पत्र पनि सर्लाहीका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुखलाई बुझाएको छ ।