उखु किसानहरुको आन्दोलन स्थगित

174 Shares

आईतबारदेखि गर्ने भनेको उखु उत्पादक किसानहरुले आन्दोलनको कार्यक्रम स्थगित भएको छ।शनिबार कृषि तथा पशुपन्छी विकास मन्त्री मदन प्रसाद परियारले दुई साताभित्र समस्याको समाधान गर्ने आश्वासन दिएपछि उखु उत्पादक किसानहरुले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरिएको नेपाल उखु उत्पादक महासंघले जनाएको छ ।
संघका अनुसार उखु उत्पादक किसानहरुले आईतबारदेखि सर्लाहीको हरिवनमा अनिश्चितकालीन रूपमा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्ने घोषणा गरेका थिए।उखु उत्पादक किसानहरुले गत आर्थिक वर्ष २०८१/०८२ को बाँकी अनुदान रकममध्ये भुक्तानी हुन बाँकी प्रतिक्विन्टल रु ३५ यथा सिघ्र भुक्तानी गर्न र चालु आर्थिक वर्ष २०८२/०८३ को क्रसिङ सिजनका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गर्न माग गर्दै गत साता मन्त्री परियारलाई ज्ञापनपत्र बुझाएका थिए।
मन्त्री परियारले माग सम्बोधनका लागि दुई हप्ता समय माग गरेकाले तत्काल आन्दोलन रोक्ने निर्णय स्थिगित गरिएको महासंघले जनाएको छ।उखु खेती हुने सर्लाही सहित महोत्तरी,सिराहा,सुनसरी,रौतहट,बारा,नवलपरासी र कञ्चनपुर लगायतका जिल्लाहरुका उखु उत्पादक किसानहरुले आन्दोलन थाल्ने निर्णय गरेका थिए।सरकारले गत वर्ष उखु किसानलाई अनुदानबापत प्रतिक्विन्टल रु ७० भुक्तानी गर्ने निर्णय गरी प्रतिक्विन्टल रु ३५ मात्रै भुक्तानी गरेपछि उखु उत्पादक किसानहरु असन्तुष्ट बनेका छन्।

सम्बन्धित समाचार