एकीकृत अखिल नेपाल शिक्षक संगठन हरिवनद्धारा नगर प्रमुखलाई ज्ञापनपत्र

464 Shares

बाल विकास शिक्षक,विद्यालय शिक्षक तथा विद्यालय कर्मचारी र विद्यालय सहयोगी कर्मचारीको मासिक तलब भत्ता बढाउनु पर्ने माग राख्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन हरिवनले  नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । विद्यालय शिक्षामा आधारभुत जग बाल विकासबाट सुरु हुने भएकोले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि बाल विकास शिक्षक,विद्यालय शिक्षक तथा विद्यालय कर्मचारी र विद्यालय सहयोगी कर्मचारीको मासिक तलब भत्ता बढाउनु पर्ने माग राख्दै हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)लाई ज्ञापनपत्र बुझाएको एकीकृत अखिल नेपाल शिक्षक संगठन हरिवनका अध्यक्ष राम बिश्वास कुशवाहाले जानकारी दिए ।उनका अनुसार संघीय सरकारबाट प्राप्त भएको हालको तलब भत्ता अत्यन्तै थोरै र बिभेदपुर्ण रहेको हुँदा संघीय सरकारबाट प्राप्त रकमलाई स्थानीय सरकारले बढाएर मासिक रु २८ हजार पुर्याउनु पर्ने शिक्षकहरुको माग रहेको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन हरिवनको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख बुढाथोकीले शिक्षकहरुको हक र हितका लागि आफुले सकेसम्म पहल गर्ने आश्वासन दिएका छन् ।ज्ञापनपत्र बुझ्ने क्रममा हरिवन नगरपालिकाको शिक्षा शाखाका संयोजक रुकेश चौलागाईं र इश्वरपुर नगरपालिकाको शिक्षा शाखाका संयोजक हरिप्रसाद दाहाल लगायतको विशेष उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार