सर्लाहीका १२ जनासहित कश्मिरमा बन्धक बनाइएका ३५ मजदुरको उद्धार गरि नेपाल ल्याइयो

457 Shares

छिमेकी देश भारतको कश्मिरमा बन्धक बनाइएका ३५ जना नेपाली मजदुरलाई उद्धार गरि  नेपाल ल्याइएको छ ।सर्लाही,महोत्तरी र धनुषाका गरी ३५ जना मजदुरलाई दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा उद्धार गरि नेपाल ल्याइएको किन इण्डियाका निर्देशक नवीन जोशीले जानकारी दिए ।उनका अनुसार बन्धक बनाईएका ३५ जना मजदुरहरुलाई दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा कश्मिरबाट मंगलबार उद्धार गरिएको थियो ।
उद्धार गरिएका ३५ मजदुरहरु मध्ये १२ जना सर्लाहीको ईश्वरपुरका युवा रहेका इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यले बताए।उनका अनुसार इश्वरपुर नगरपालिकाका  १२ जना मुसहर (माझी) समुदायका युवाहरु हुन् ।नेपाल उद्धार गरि ल्याइएको ३५ जना मजदुरलाई ईश्वरपुर नगरपालिकाले सम्मान गर्दै आ–आफ्नो घर पठाएको नगरप्रमुख आचार्यले बताए ।ईश्वरपुर नगरपालिकाले मजदुरलाई उद्धार गरी ल्याउने कार्यमा अहम भूमिका निर्वाह गरेको भन्दै किन इण्डियाका निर्देशक जोशी,किन इन्डियाका कन्सुलर सृष्टी विष्ट र लक्ष्मी विष्ट तथा सामाजिक अभियन्ता सरोज रायलाई सम्मान पत्रसहित सम्मान समेत गरेको छ ।

सम्बन्धित समाचार