सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायण खोलामा एक बालककोशव फेला परेको छ । मधेश प्रदेशको कर्णाली भनेर चिनिने लालबन्दी नगरपालिका १४ नारायण खोलामा अन्दाजी ८ वर्षका एक बालककोशव फेला परेको प्रहरीले जनाएको छ ।
लालबन्दी नगरपालिका १४ नारायण खोलाका सुकमान पाख्रिनका छोरा वर्ष ८ का सोनाम पाख्रिन बुधबारदेखि बेपत्ता भएका र बिहीबार दिउँसो इनार खोल्सीमा मृत फेला परेका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । शवको वास्तविक कारण खुल्न सकेको छैन् । कुनै बाहिरी चोटपटक नदेखिएका कारण बालकको डुबेर ज्यान गएको हुनसक्ने आशंका गरिए पनि यसको पुष्टी भने हुन बाँकी रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले बताए । उनका अनुसार बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।
बुधबारदेखि हराएका बालकको शव बिहिबार फेला परेपछि लालबन्दी नगरपालिका १४ का वडाध्यक्ष छेनामसिंह घिसिङ लगायत ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।