Close This

इश्वरपुर नगर अस्पताललाई युइसजी सेमिन प्राप्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-४ गते   २६२ पटक हेरिएको

सर्लाहीको इश्वरपुर नगरपालिकामा रहेको नगर अस्पतालमा प्रसुती सेवालाई हसजता प्रदान गर्न युएसजी मेसिन प्राप्त भएको छ । नगर भित्रका अति विपन्न,दलित तथा पछाडी परेका महिलाहरुलाई सुरक्षित प्रसुती सेवा सन्चलान गर्न युएसजी मेसिन प्राप्त भएको इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यको विशेष पहलमा नगर अस्पतालमा युएसजी मेसिन जडान गरिएको इश्वरपुर नगर अस्पतालका प्रमुख सुरेन्द्र महतोले जानकारी दिए ।
उनका अनुसार अस्पतालको पहुचबाट टाढा रहि प्रसुती पीडा भोगिरहेका र केही प्रसुतीको समयमा ज्यान समेत गुमाउने गरेका गुनासाहरु आएपछि नगर प्रमुख आचार्यको विशेष पहलमा सोमबार नगर अस्पताललाई युएसजी मेसिन प्राप्त भएको हो ।
आफ्नो नगर भित्रका नागरिक प्रती जवाफदेही तथा जिम्मेवार जनप्रतिनिधिको रुपमा परिचय बनाएका नगर प्रमुख आचार्यले नगर प्रमुख हुनु भन्दा पहिला पनि धेरै सामाजिक काम गरेका थिए । नगर प्रमुख आचार्यको पहलमा स्वास्थ्य सेवा विभाग टेकुले युएसजि मेसिन उपलब्ध गराएको हो । अब नगर भित्रका महिलाहरुलाई गुणस्तरीय प्रसुती सेवा पाउन अन्यन्त्र जान नपर्ने नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech