सर्लाहीकाे चन्द्रनगर गाउँपालिका १ निवासी पूर्व भुमिसुधार राज्य मन्त्री रामचन्द्र रायको शंकास्पद अवस्थामा मृत्यु भएको छ । चन्द्रनगर गाउँपालिका १ रतनपुर निवासी अन्दाजी ८० वर्षिय पुर्व भुमिसुधार राज्य मन्त्री रायकाे आफ्नै घरमा शंकास्पद अवस्थामा चाेटपटक लागेकाे अवस्थामा मृत्यु भएको पाईएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।उजका अनुसार गय राति करिब १ बजे घरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले उनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको बताए।
पुर्व राज्य मन्त्री रायकाे हत्याबारे जानकारी पाउनासाथ मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम प्रहरी नायव महानिरिक्षक यज्ञ विनोद पोखरेल र जिल्लन प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवा प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहसहितको टोली घटना स्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताए ।
उनका अनुसार पुर्व राज्य मन्त्री रायकाे शवलाई प्रादेशिक अस्पताल मलंगवामा राखेर उनको हत्याको विषयमा अनुसन्धान सुरु भएको छ ।घटनास्थलमा तालिम प्राप्त कुकुर सहित प्रहरीको विशेष टाेली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी बताए।