नेकपा(माओवादी केन्द्र)का तत्कालीन केन्द्रिय सदस्य सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेलाई सहिद घोषणा गर्न माओवादी केन्द्र सर्लाहीका नेताहरुले माग गरेका छन् । माओवादी केन्द्र सर्लाहीका समन्वय समिति संयोजक कमल बुढाथोकीको नेतृत्वमा पुगेको माओवादी केन्द्र सर्लाहीका नेताहरुले माओवादी केन्द्र अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)लाई भेटि ज्ञापन पत्र बुझाएका छन् ।
२०७७ माघ २१ गते सर्लाहीको बरहथवामा भएको एक कार्यक्रमलाई सम्बोधन गरि माघ २२ गतेको आम हड्तालको तयारीका लागि छलफल गर्न जाने क्रममा नयाँरोड बरहथवा सडकखण्ड अन्र्तगत मुर्तिया जंगलमा रहस्यमय दुर्घटनामा वाग्लेको ज्यान गएको थियो । माघ २२ गते पार्टीले नेपाल बन्दको आयोजना गरेको र नेपाल बन्दको पुर्व सन्धामा आयोजीत कार्यक्रमलाई सम्बोधन गरि घर फर्किने क्रममा माघ २१ गते बेलुका करिब ९ बजे नयाँरोड बरहथवा सडकखण्ड अन्र्तगत मुर्तिया जंगलमा रहस्यमय दुर्घटनामा वाग्लेको ज्यान गएको थियो ।
स्वा.नेता वाग्ले जिल्लाका मिटर व्याजीहरुको विरुद्ध, केपी ओलीको प्रतिगामी कदमका विरुद्ध,जिल्लाकमा गरीब निमुखा र विपन्नहरुको पक्षमा विगत लामो समयदेखि संघर्षरत रहनु भएको थियो । पार्टीले उक्त रहस्यमय दुर्घटनाको छानविन गरि सत्य तथ्य पार्टी र जनतलाई जानकारी गराउन भन्दै प्रहरीलाई आग्रह गरि रहेको छ ।
स्वा.नेता वाग्लेलाई शहिद घोषणा गर्न जिल्ला पार्टीले निर्णय गरि केन्द्र पार्टीलाईआग्रह गर्ने निर्णय गरि सकेको र सोही अनुसार जिल्ला संयोजक बुढाथोकी,स्वा.नेता वाग्लेकी धर्मपत्नी सरस्वती मिश्र(वाग्ले) लगायत पार्टी अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाउन पार्टी अध्यक्ष निवास खुमलटार पुगेका टोलीमा सहभागी युवा नेता श्याम श्रेष्ठले जानकारी दिनुभयो ।
केपी सरकारको प्रतिगमनको विरुद्ध,जिल्लाका मिटर व्याजीहरुको विरुद्ध अभियान चलाई रहेको समयमा भएकोरहस्यमय दुर्घटनालाई पार्टीले विशेष चासोका साथ हेरेको छ ।