सिन्धुलीको कमलामाई नगरपालिका स्थानिय सरकारको कार्यसम्पादन मुल्याङनमा सिन्धुली कै उत्कृष्ट भएको छ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुलीका नौ वटा स्थानिय तहहरु मध्ये ७१ दशमलव ३४ अंक प्राप्त गरेर कमलामाई नगरपालिका पहिलो भएको हो ।
सिन्धुलीमा रहेका दुई वटा नगरपालिका र सात वटा गाउँपालिकाहरु मध्य कमलामाई नगरपालिका हुँदा मरिण गाउँपालिका सबैभन्दा कम अंक प्राप्त गरेर पुच्छारमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा मरिण गाउँपालिकाले ५१ दशमलव ७५ अंक मात्रै प्राप्त गरेको छ।त्यसैगरी,फिक्कल गाउँपालिकाले ६९ दशमलव ६२ अंक पाई दोस्रो हुँँदा,दुधौली नगरपालिका ६४ दशमलव ५४ अंक पाएर तेस्रो भएको छ ।
घ्याङलेक गाउँपालिकाले ६४ दशमलव २१ अंक,सुनकोशी गाउँपालिकाले ५७ दशमलव ८१ अंक र तिनपाटन गाउँपालिकाले ५७ दशमलब ८० अंक प्राप्त गरेका छन् ।यता,राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा गोलन्जोर गाउँपालिकाले ५५ दशमलव १६ अंक र हरिहरपुरगढी गाउँपालिकाले ५४ दशमलव ७७ अंक प्राप्त गरेका छन् ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा सय पूर्णांक राखेर मूल्यांकन गर्ने गर्छ।जसमा १० असारभित्र बजेट पेस गरे/नगरेको,असार मसान्तभित्र बजेट पारित गरे/नगरेको,प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत राजश्व वापतको रकम पुस मसान्तभित्र प्रदेश सन्चित कोषमा जम्मा गरे नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको,बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको लगायतका आधारमा मुल्याङ्कन गर्ने गरेको छ ।