पाँचौँ राजर्षि जनक कपको उपाधि पिप्ले युवा क्लबलाई

3.3k Shares

सर्लाहीको बागमतीमा हरेक वर्ष आयोजना हुदै आएको राजर्षि जनक कप फुटबल प्रतियोगीताको पाँचौँ संस्करण  पुरा भएको छ । चैत २१ गतेबाट सुरु भएको प्रदेश नम्बर २ कै सर्वाधिक धनराशीको फुटबल प्रतियोगीता सोमबार सम्पन्न भएको हो । 
बागमती नगरपालिकाको आयोजनामा भएको प्रतियोगीताको  बागमती नगरपालिका ११ को स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सञ्चालन भएको थियो । प्रदेश २ को शान,राजा जनक प्रतिको सम्मान भन्ने मुल नाराका साथ चैत्र २१ गतेबाट सुरु भएको प्रतियोगीताको उपाधि पिप्ले युवा क्लब हेटौडाले कब्जा गरेको छ । आयोजक बागमती नगरपालिकालाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै हेटौंडाले पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगीतको उपाधी पिप्ले युवा क्लब हेटौडाले जितेको हो ।
उपाधीसँगै हेटौंडाले रु १० लाख १ हजार नगद हात पारेको छ भने बागमतीले रु ५ लाख ५ मै चित्त बुझाएको छ । निर्धारित खेल ३–३ गोलको बराबरीमा सम्पन्न भएपछि खेलको नतिजा ट्राईबेकर मार्फत भएको आयोजक बागमती युवा क्लवका महासचिव सागर मैनालीले जानकारी दिनु भयो ।
 बागमती नगरपालिकाको आयोजना,एलाइट कंक्रिट उद्योग(एलाइट ग्रुप)को प्रायोजन तथा  सर्लाही जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगीतामा १० वटा क्लबले सहभागीता जनाएका थिए । 

सम्बन्धित समाचार