सर्लाहीको हरिवन नगरपालिका ५ ले मुटु , मानसिक रोग तथा विपन्न परिवारको हकमा स्वास्थ बीमा कार्यक्रम ल्याएको छ । हरिवन नगरपालिका ५ ले वडाका मुटु , मानसिक रोग तथा विपन्न परिवारको हकमा स्वास्थ बीमा कार्यक्रम ल्याएको हो ।
वडाबासीहरुलाई मुटु , मानसिक रोग तथा विपन्न परिवारको हकमा स्वास्थ बीमा गर्न रु ३ लाख दिने निर्णय भएको वडा अध्यक्ष नागेन्द्र कुमार साहले जानकारी दिनु भयो । वडाध्यक्ष शाहका अनुसार विपन्न वर्गका लागि वडाले निःशुल्क बीमा गरि दिने भएको हो ।
विनयोजित रकमबाट यहि असार महिना भित्र बीमा गरिदिने निर्णय भएको वडाध्यक्ष शाहले बताउनु भयो । सर्लाहीमा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता देखिएपछि वडाले पनि कार्यक्रम लागू गरेको उहाँले बताउनु भयो । यस कार्यक्रमले आम नागरिकलाई स्वास्थ्य सेवामा सहजता प्रदान हुने अपेक्षा गरिएको छ ।
यसरी बीमा गरिएका नागरिकले तोकिएको ठाउँबाट तोकिएको सेवा सर्व सुर्लभ तरिकाले उपलब्ध हुनुपर्नेमा वडा अध्यक्ष साहले जोड दिनु भएको छ । वडाले कार्यक्रम सफल भएका क्रमश अन्य नागरिकको पनि बीमा गर्दै लैजाने योजना बनाएको छ ।