सर्लाहीको बागमती नगरपालिका ५ सोल्टी बजारमा रहेको जनता मा.विलाई एक थान स्मार्ट टि.भी सहयोग प्राप्त भएको छ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बरहथवा शाखाले संस्थागत सामाजीक उत्तरदायित्व अन्र्तगत बागमती नगरपालिका ५ सोल्टी बजारमा रहेको जनता मा.विलाई एक थान स्मार्ट टि.भी सहयोग गरेको शाखाका प्रमुख गोविन्द लामिछानेले जानकारी दिए ।उनका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रविधीमैत्री अध्ययनमा सहजता होस भन्ने हेतूले बैंकले स्मार्ट टि.भी उपलब्ध गराएको हो ।
सिटिजन्स बैंकका मधेश प्रदेश प्रमुख नितेश खड्गी र इलाका प्रमुख सन्नी खतीवडाको विशेष उपस्थितिमा संस्थागत सामाजीक उत्तरदायित्व अन्र्तगत प्राथमीकतालाई छनोट गरेर उक्त विद्यालयलाई स्मार्ट टि.भी सहयोग गरिएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बरहथवा शाखाले जनाएको छ।संस्थागत सामाजीक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सामाजिक,आर्थिक,सांस्कृतीक,शैक्षीक लगायतका क्षेत्रमा सकरात्मक परीवर्तन ल्याउनका निम्ति बैंकले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्तो कार्यक्रम गर्ने योजना रहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बरहथवा शाखाका प्रमुख लामिछानेले बताए ।
स्मार्ट टि.भी सहयोग हस्तान्तरण कार्यक्रममा सिटिजन्स बैंकका मधेश प्रदेश प्रमुख खड्गी,इलाका प्रमुख खतीवडा,बरहथवा शाखा प्रमुख लामिछाने,सहायक शाखा प्रमुख दिप बहादुर थापा,अपरेशन इन्चार्ज राजेश गुप्ता,सम्पर्क अधिकृत पूजा चौधरी लगायत जनता माविका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ध्रुव पोखरेल,प्रधानाध्यापक लोकनाथ दाहाल लगायत विद्यालयका शिक्षक,शिक्षिका सहित बागमती नगरपालिका ५ का वडाका प्रतिनिधिहरुको समेत सहभागीता रहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बरहथवा शाखाले जनाएको छ ।