यातायात कार्यालय मलंगवाद्धारा छ करोड बढी राजश्व संकलन

254 Shares

यातायात व्यावस्था कार्यालय मलंगवा सर्लाहीले स्थापनाको छोटो समयमै करिब तीन हजार  सवारी चालक अनुमती पत्र(लाइसेन्स) वितरण गरेको छ ।सवारी चालक अनुमतिपत्र (लाइसेन्स)सर्लाही बाटै बितरण सुरु भएपछि सेवाग्राहीलाई सहज हुनुका साथै राजश्व संकलन पनि बढेको यातायात व्यवस्था कार्यालय मलंगवा,सर्लाहीका प्रमुख राकेश यादवले बताए ।उनका अनुसार सहज रुपमा नै सर्लाहीको सदरमुकाम मलंगवाबाट लाइसेन्स उपलब्ध हुनथालेपछि मधेस प्रदेशका विभिन्न जिल्ला धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ भने सेवाग्राहीलाई सहज भएको छ।मलंगवाबाट नै सहज रुपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन थालेपछि अहिले जिल्लाभरीबाट सेवाग्राहीहरु सदरमुकाम आउन थालेका छन् भने उत्साहित समेत बनेका छन् ।
गत जेठ १ गतेदेखि सुरु भएको लाइसेन्स वितरण कार्यको सुरुवातको दिनमा सेवाग्राहीहरुको चापका कारण साताको प्रत्येक दिन लिखित र ट्रायल परीक्षा संचालन हुँदै आएकोमा अहिले सेवाग्राहीको चाप घटेका कारण सातामा दुई पटक परिक्षा संचालन गरि एक दिन ट्रायल परिक्षा हुदै आएको यातायात व्यवस्था कार्यालय सर्लाहीले जनाएको छ ।
अनलाइन फाराम भर्न सुरु भएर जेठ १ गतेदेखि सेवा सुचारु भएको दुई महिनाको अवधीमा हालसम्म क्याटोगरी A,B,C,C1,E,J1,J2 र K मा गरि जम्मा पाँच हजार चार सय ११ जनाले सवारी चालक अनुमतिपत्र(लाईसेन्स)का लागि फारम भरेका थिए।जसमध्येबाट करिब तीन हजार जनाले लाइसेन्स लिइसकेको यातायात व्यवस्था कार्यालय सर्लाहीका प्रमुख यादवले बताए ।उनले आर्थिक वर्ष २०८०/०८१ को मंसिर २७ गतेदेखि संचालनमा आएको यस कार्यालयले असास ३१ गतेसम्म रु छ करोड ३५ लाख २६ हजार दुई सय २६ राजश्व संकलन गरेकोे छ ।
यस कार्यालयले सवारी कर बापत रु चार करोड ७२ लाख ३८ हजार चार सय १६,आय कर बापत १४ लाख ४३ हजार सात सय,सवारी नविकरण बापत ५२ लाख ३३ हजार सात सय ७०,रुट परमिट बापत दुई लाख लाख नौ हजार आठ सय ,पटके(अस्थायी रुट कर)वापत ६८ हजार पाँच सय ३० र नयाँ पुरानो दुबै लाइसेन्स बापत गरि ९३ लाख १७ हजार पाँच सय राजश्व संकलन गरेको कार्यालय प्रमुख यादवले बताए ।
सवारी चालक अनुमती पत्र(लाइसेन्स) वितरण सुरु गरिए पनि आवश्य कर्मचारी नभएकाले सिमित कर्मचारीबाट सेवान प्रवाह गर्नु पर्दा निकै समस्या भएको साथै आफ्नै ट्रायल सेन्टर नभएका कारण नीजि कम्पनीसँग सम्झौता गरेर परीक्षा संचालन गर्नुपरेको कार्यालय प्रमुख यादवले बताए ।मलंगवाबाटै सवारीचालक अनुमति पत्र(लाईसेन्स)पाउन थालेपछि जिल्लाबासीहरुको उत्साहजनक सहभागिता बढेको छ।जिल्लाबाट मात्र नभइ छिमेकी जिल्लाहरुबाट समेत सेवाग्राहीहरु यातायात व्यावस्था कार्यालय मलंगवा,सर्लाही आउने गरेका कार्यालयले जनाएको छ ।
यसअघि नयाँ लाइसेन्स बनाउन,लाइसेन्स नविकरण गर्न लगायतका कामका लागि महोत्तरीको बर्दीबास,पर्साको वीरगन्ज,धनुषाको जनकपुर,सिरहाको लहान जानुपर्ने बाध्यता रहेको र त्यहाँ जाँदा,आउँदा र बास बस्दा हजारौं रुपैयाँ खर्च हुँदै आएकोले मलंगवामै यातायात कार्यालय संचालनमा आएदेखि खर्च र समयको समेत बचत भएको कार्यालयमै भेटिएका सेवाग्राहीहरुले बताए ।
जिल्ला समन्वय समिति सर्लाहीको भवनमा रहेको यातायत कार्यालयले यसअघि लाइसेन्स नवीकरण,नयाँ सवारी दर्ता नामसारी,सवारी दर्ता प्रमाण नवीकरण,बाटो ईजाजत पत्र (रुट परमिट) जारी गर्ने र नवीकरण गर्ने,सवारी साधनको प्राविधिक परीक्षण (जाँचपास) गर्ने, सवारी साधनको प्रदुषण परीक्षण गर्ने साथै सेवाग्राहीबाट सवारी साधनको कर राजश्व बुझिलिने लगायतको काम गर्दै आएको थियो ।

 

सम्बन्धित समाचार