व्यापारीसंग मिलेर नेपाल क्यान लजिष्टिक प्रा.लिको गैर कानूनी धन्दा

254 Shares

कर छली तथा गैर कानूनी मालवस्तुहरुको ओसार पसारमा कडाई गर्न भिसिटिएस प्रणाली लागु गरिएको भएपनि नेपाल क्यान लजिष्टिक प्रा.लिले उत्त प्रणालीलाई वेवास्था गर्दै आफ्नो कारोवार गर्ने गरेको पाइएको छ ।नेपालमा भन्सार प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन तथा गैर कानूनी माल वस्तुको ओसार पसारलाई नियमन गर्न भन्दै कुनैपनि मालवस्तुको ओसार पसार गर्दा विल विजक अनिवार्य र उत्तः माल वस्तु ओसार पसार गर्ने सवारी साधनको भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस)अनिवार्य गरिएको भएपनि नेपाल क्यान लजिष्टिक प्रा.लि.ले भिसिटिएस विनै मालवस्तु ओसार पसार गर्ने गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीले केही विलहरु र भिसिटिएस सहित नेपाल क्यान लजिष्टिक प्रा.लि.ले प्रयोग गरि रहेको प्र.१–००४ क २६७२ नम्बरको डब्बा गाडि नियन्त्रणमा लिएपछि सो रहस्य बाहिरिएको हो ।
वि.पी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलमाई नगरपालिका–९ भिमानमा चेकजाँचमा खटिएको प्रहरी टोलीले बर्दिवासबाट सिन्धुली तर्फ आउँदै गरेको प्र.१–००४ क २६७२ नम्बरको डब्बा गाडिलाई शंका लागि चेकजाँच गर्दा डब्बामा लोड भएको माल वस्तुको विल विजक शंकास्पद देखिएको र भिसिटिएसमा सवारी साधन उल्लेख नगरेको पाइएपछि नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि आन्तरिक राजश्व कार्यालय बर्दिवास र जनकपुर पठाएको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।कार्यालयका अनुसार आरजु गारमेन्ट उद्योग जनकपुर, श्री न्यू महालक्ष्मी ट्रेडर्स जनकपुर,आनन्द स्टोर्स जनकपुर,कल्याणी मार्ट जनकपुरका साथै पञ्चधुरा सर्जिकल बर्दिवास,नेपाल क्यान मुभ प्रा.लि.बर्दिवास,विनायक ट्रेड लिङ्क प्रा. लि, ढल्केवर,रेनुकाश्री इन्डष्ट्रिज प्रा.लि ढल्केबर र राजेश अटो पार्टस बर्दिवासको नाममा काटिएको विभिन्न माल वस्तुको विल विजक सहित उक्त डब्बा नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि सम्बन्धीत आन्तरिक राजश्व कार्यालय पठाइएको हो ।
जहाँ मोवाईलका पार्टसहरुका साथै विभिन्न किसिमका सर्जिकल माल वस्तुहरु रहेका प्रहरीले जनाएको छ।उत्त विल विजक नियन्त्रणमा लिँदा भिसिटिएस कुरियर कम्पनीले नै काटेको र सोमा गाडि नम्बर उल्लेख नगरिएको साथै माल वस्तुको विल विजक जारी गर्ने कम्पनीहरुले यस अघि विल विजक सहित भिसिटिएस पनि जारी गर्ने गरेकामा यस पटक ती कम्पनीहरुले भिसिटिएस जारी नगरेका कारण शंकास्पद देखिएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।जसका कारण भिसिटिएसको प्रभावकारी कार्यान्वयन माथि प्रश्न सृजना भएको छ। नेपाल क्यान लजिष्टिक प्रा.लि.ले प्रयोग गरेको २६७२ नम्बरको सवारी साधनले यस अघि पनि फर्जि भिसिटिएस बनाएर राज्यको कानुनले बर्जित गरेका माल वस्तुहरुको ढुवानी गरेको हुन सक्ने सहजै आशंका गर्न सकिने प्रहरीले जनाएको छ ।
भिसिटिएस प्रणाली कुनैपनि मालवस्तुको विल विजक जारी गर्ने संस्थाहरुले मालवस्तुको गन्तव्यसम्मको यात्रा अनुगमन गर्न प्रयोग गरिन्छ।यस प्रणालीमा गाडी नम्बर,चालक, मालवस्तुको विवरण तथा गन्तव्य स्पष्ट रूपमा उल्लेख हुनुपर्ने व्यवस्था छ।तर सम्बन्धित गाडीको विवरण नै प्रणालीमा नरहेको अवस्थामा मालवस्तु कसरी ढुवानी भयो भन्ने विषय अनुसन्धानको दायरामा आएको छ।
यस्तो घटनाले वैधानिक व्यापार गर्ने व्यवसायीलाई निरुत्साहित गर्ने र अवैध कारोबारलाई प्रोत्साहन पुग्ने स्थानीय व्यापारीहरले बताएका छन्। उनीहरूले नेपाल क्यान लजिष्टिक प्रा.लि. र विल विजक जारी गर्ने कम्पनीहरु माथि निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।भिसिटिएसको उद्देश्य नै मालवस्तुको अवैध ओसारपसार नियन्त्रण गर्नु हो।यदि प्रणालीमै गाडीको विवरण उल्लेख नभई ढुवानी भएको पुष्टि भएमा त्यसले प्रणालीको विश्वसनीयता माथि गम्भीर प्रश्न उठाउने राजस्व प्रशासनसँग सम्बन्धित जानकारहरूको भनाइ छ।
यस्तै,सम्बन्धित आन्तरिक राजश्व कार्यालयले पनि आवश्यक छानबिन गरी तथ्यका आधारमा कानुनबमोजिम प्रक्रिया अघि बढाइने जनाएको छ।यस घटनाको सत्यता छानबिनबाट मात्र पुष्टि हुने भएकाले सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्नुपर्ने माग बढ्दै गएको छ।माल वस्तुको विल विजक जारी गर्ने कम्पनीहरुले नै आफ्नो माल वस्तुको भिसिटिएस जारी नगर्नु साथै सवारीसाधनको विवरण भिसिटिएसमा नदेखिनु सामान्य प्राविधिक त्रुटि नभई नियोजित कमजोरी रहेकाले प्रहरी र आन्तरिक राजश्व कार्यालयले गम्भीर ढंगले अनुसन्धान गर्नुपर्ने जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार