सर्लाहीकोे बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी फेला परको छन् । बलरा नगरपालिका २ र ९ को गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना मलेरियाका बिरामी फेला परेका हुन ।
बलरा नगरपालिका २ हथियौल र ९ नरहरगञ्जमा यसअघि २२ जनामा मलेरिया(औलोरोग) देखा परेको र दोस्रो चरणमा स्वास्थ्यकर्मी गाउँमा नै पठाएर रगत परिक्षण गर्दा थप ४ जनामा मलेरिया(औलोरोग) देखा परेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख प्रमुख डा. नवलकिशोर झाले जानकारी दिनु भयो । उहाँका अनुसार ठूलो संख्यामा मलेरियाका बिरामी भेटिएपछि सो क्षेत्रमा किट र औषधिसहित चिकित्सकको टोली खटाएर रगत परीक्षण गर्दा थप चार जनामा संक्रमण पुष्टी भएको छ । सबै बिरामीहरुको अवस्था सामान्य रहेको उहाँले बताउनु भयो ।
एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मलेरिय(औलोरोग) लाग्दछ । मलेरियाका बिरामीहरु भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले बलरा नगरपालिका २ र ९ मा लामखुट्टे मार्न घर–घरमा स्वास्थ्यकर्मीहरु खटाएर औषधी छर्कने काम गरि रहेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । सरकारले सन् २०२२ भित्र मलेरियाको ‘केश’ शून्य पार्ने र सन् २०२५ भित्र यो रोगलाई उन्मूलन नै पार्ने लक्ष्य लिएको भएपनि बलरा नगरपालिकाको २ र ९ मा २६ जनामा संक्रमण देखा परेको छ ।
सरकारको लक्ष्यमा नै असर पर्ने गरी मलेरियाका बिरामी भेटिएपछि स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले समेत बलरा नगरपालिका २ र ९ मा दक्ष चिकित्सक सहितको टोली खटाएर वस्तुस्थितिबारे जानकारी लिन सुरु गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.म्त्तिः नारायण साहले बताउनु भयो । उहाँका अनुसार बलरा नगरपालिका २ र ९ का गाउँबाट अत्यधिक ज्वरो आएका बिरामीहरु प्रादेशिक अस्पताल सर्लाहीमा उपचार गर्न आएपछि स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा मलेरिया संक्रमण रहेको पुष्टी भएको भनि प्रदेश स्वास्थ्य निर्देशनालयलाई जानकारी आएकोर सोही अनुसार जिल्ला जन स्वास्थ्य कार्यालयसंग समन्वय गरि प्रदेशबाट समेत टोली परिचालन गरिएको उहाँले बताउनु भयो ।
१० देखि १५ दिनसम्म ज्वरो आउनु,टाउको दुख्नु,शरीरका भित्रि अंग सुन्निनु जोर्नी दुख्नु,शरीरमा रगतको मात्रा कम हुनु,थकित महसुस हुनु र औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिने स्वास्थ्य निर्देशक डा.साहले बताउनु भयो । उहाँले औलो रोगको परीक्षण तथा उपचार नेपाल सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा निःशुल्क हुने पनि बताउनु भयो ।
औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु आवश्यक रहेको बताउँदै डा.साहले घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने,लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने,लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउने गरेमा लामखुट्टेको टोकाईबाट बच्न सकिने डा.साहले बताउनु भयो । घर वरिपरि कार्यालय विद्यालयमा टायर खुला भाँडा आदिमा पानी जम्मा हुन नदिने,पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने,गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने लगायत गरेका लामखुट्टेको टोकाईबाट हुने धेरै रोगहरुबाट बच्न सकिने निर्देशक डा.साहले बताउनुभयो ।