सोनाम ल्होसारको अवसरमा बागमती र हरिवनमा आईतबार स्थानीय बिदा

84 Shares

सर्लाहीको बागमती र हरिवन नगरपालिकाले तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होसारको अवसरमा आईतबार स्थानीय बिदा दिएका छन्।तामाङ समुदायको बाहुल्य रहेको बागमती र हरिवन नगरपालिकाले सोनाम ल्होसारको अवसरमा आईतबार स्थानीय बिदा दिएका हुन ।
सोनाम ल्होसार शनिबार भएपनि शनिबार सार्वजनिक विदा रहेकाले आइतबार थप एक दिन स्थानीय बिदा दिने निर्णय गरिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल पुरीले जानकारी दिए ।उनका अनुसार बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापा,उपप्रमुख लीलाकुमारी मोक्तान सहितले शुक्रबार संयुक्त हस्ताक्षर गरी जारी गरेका सूचना अनुसार आइतबार नगरभित्र स्थानीय बिदा दिइएको उल्लेख गरिएको छ ।
यस्तै तामाङ समुदायले हर्षोल्लासपूर्वक मनाउने साँस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा आइतबार स्थानीय बिदा दिइएको हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटाले बताए ।सोनाम ल्होसारको अवसरमा आईतबार स्थानीय बिदा घोषणा गरिएकाले बागमती र हरिवन नगरपालिका भित्रका सबै कार्यालय तथा शिक्षण संस्थाहरु बन्द रहने भएका छन् ।
सोनाम ल्होसारको अवसरमा तामाङ समुदायको बसोवास रहेको बागमती,लालबन्दी,ईश्वरपुर, र बरहथवा नगरपालिकाका विभिन्न स्थानहरुमा शनिबार शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको नेपाल तामाङ घेदुङ सर्लाहीका अध्यक्ष बुद्ध लामाले जानकारी दिए ।

सम्बन्धित समाचार