बागी उम्मेदवार थापाले लिएर उम्मेदवारी फिर्ता

253 Shares

आगामी फागुन २१ गतेका लागि सर्लाही क्षेत्र नम्बर १ बाट बागी उम्मेदवारी दिएका नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवम बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
सर्लाही क्षेत्र नम्बर ३ बाट आगामी फागुन २१ गतेका लागि उम्मेदवारी दिने तयारी गरेका नेकपाका नेता एवम बागमती नगरपालिकाका नगर प्रमुख थापाले क्षेत्र नम्बर ३ मा निवर्तमान उप प्रधान एवम गृह मन्त्री तथा नेकपाका नेता नारायण काजी श्रेष्ठ उम्मेदवार बनेर आएपछि सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि बागी उम्मेदवारी दिएका थिए ।
पछिल्लो समयमा देश नेकपामय हुँदै गएको र आफ्नो उम्मेदवारीले पार्टीका उम्मेदवारलाई घाटा हुने भएपछि आफ्नो बागी उम्मेदवारी फिर्ता लिएको नेकपाका नेता एवम बागमती नगरपालिकाका नगर प्रमुख थापाले बताए।नेकपाका नेता एवम बागमती नगरपालिकाका नगर प्रमुख थापाले उम्मेदवारी फिर्ता लिएपछि सर्लाही क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार प्रमोद साहको जित सुनिश्चित भएको छ ।

सम्बन्धित समाचार