सिन्धुलीको पहिचान बनाएको रसिलो जुनार चाडपर्वको समयमा मुख्य कोसेली बनेको छ।सिन्धुली भनेपछि जुनारको जिल्ला भनेर पहिचान बनेको र पाहुनाहरुले आफ्ना आफन्तकोमा जाँदा मुख्य कोसेलीको रुपमा जुनार नै रोज्ने गरेका कारण जुनार नपाकी हरियौ टिपेर बजार ल्याइएको पाइएको छ ।
“पूर्वि तराईका जिल्लाहरुलाई संघीय राजधानीसंग छोटो सडक यात्रामा जोड्ने वि.पी.राजमार्ग हुँदै संघीय राजधानी जाने र फर्किने हरेक यात्रुहरु सिन्धुलीको खनियँ खर्चमा रोक्नुस है गुरु जुनार लानुछ भन्छन् ।”झापाबाट हायस चलाउने चालक राजिव श्रेष्ठले बताए ।उनले संघीय राजधानी जाने र आउनेहरुलार्ई अहिले सोध्नै पर्दैन,उनीहरुको झोलामा २÷४ किलो जुनार हुन्छ।चाहे चाडपर्वको समयमा कोसेलीको रुपमा होस वा आफ्नो घर फर्किँदा होस् सबै यात्रुले कोसेलीको रुपमा जुनार बोकेका हुन्छन् ।
आफ्नै गाउँघरमा उत्पादन भएको रसिलो जुनार कोसेलीको रुपमा बोक्ने चलन बढ्दै गएको छ ।पछिल्लो समय सबै कुरा विषदीयुक्त हुदैँ जान थालेपछि हरेक मानिसले विषदीमुक्त बस्तुहरु खान थालेका स्थानीय कपिल थापाले बताए । उनका अनुसार सबैकुरा विषदीयुक्त हुन थालेपछि अहिले मानिसहरुको रोजाई विषदीमुक्त चिज वस्तुतर्फ हुन थालेका कारण सिन्धुलीको जुनारले थप प्रथमिकता पाएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाँखर्क,सिन्धुली माढी बजारका साथै वि.पी.राजमार्गहरुमा हरेक ठाउँमा सिन्धुलीको जुनार बिक्रि वितरणका लागि भन्दै राखिएका प्रसस्त देख्न पाईने स्थानीय धरवीर श्रेष्ठले बताए ।उनका अनुसार सिन्धुलीको जुनार काठमाण्डौँमा पनि बर्चस्व जमाएर बिक्रि वितरणभई रहेको छ ।
सिन्धुली–बर्दिबास–सिन्धुली–धुलिखेल हुँदै संघीय राजधानी काठमाण्डौँ सम्म गुड्ने सवारी साधनहरु गोलन्जोर गाउँपालिका ५ खनियाँ खर्कमा केही समय विश्राम गर्न रोकिने गरेका र यहाँबाट यात्रुहरुले जुनार किनेर आफ्नो घर तथा आफ्न्तलाई कोसेली लैजाने गरेको स्थानीय रविना खड्काले बताईन् ।उनका अनुसार “पूर्वि तराईका जिल्लाहरुलाई संघीय राजधानीसंग छोटो सडक यात्रामा जोड्ने वि.पी.राजमार्ग हुँदै संघीय राजधानी जाने र फर्किने हरेक यात्रुहरु जुनार किन्न तँछाड मछाड गर्छन् ।”
सिन्धुलीको जुनारले संघीय राजधानी काठमाडाँैका साथै छिमेकी देश भारतका विभिन्न सहरहरुसम्म निकै लोकप्रियता पाएको र जसका कारण जुनार खेतीगर्ने किसानहरु थप आकर्षित भएका कमलामाई नगरपालिकाकानगर प्रमुख उपेन्द्र पोख्रेलले बताए।“पुर्वी तराईका विभिन्न जिल्लाबाट वि.पी.राजमार्ग हुदै काठमाडौं आवात जावत गर्ने दैनिक हजारौ साना ठूला सवारीहरुका यात्रुहरु नै जुनारको मुख्य ग्राहक भएता पनि सिन्धुलीको जुनारलाई अझैँ ब्राण्डिङ गर्न पाए सिन्धुलीको पहिचान र आर्थिक समृद्धि हुने थियो।”नगर प्रमुख पोख्रेलले बताए ।
बस माइक्रोबसदेखि अन्य साना गाडीले खनियाखर्कमा यात्रुलाई जुनार किन्नकै लागि केहि समय रोकिदिने गरेकाले समेत खनियार्क बजार जुनारले भरिएको र रसिलो फल जुनार यात्रुका लागि सिन्धुलीको मुख्य कोसेली हुने भएकाले जुनार यात्रुको रोजाइमा समेत पर्न थालेको स्थानीय बताउँछन् ।
वि.पी राजमार्गको खनियाखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार विक्रीका लागि राखेपछि खनियाखर्क बजारनै जुनारले भरिएको छ।गोलन्जोर गाउँपालिका ५ स्थित खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जनबढी जुनार व्यवसायीहरु रहेका उद्योग बाणिज्य संघ सिन्धुलीका अधयक्ष अर्जुन कुमार श्रेष्ठले बताए।उनका अनुसार किसानहरुको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेका छन् ।गोलन्जोर गाउँपालिका ५ स्थित खनियाँखर्कमा जुनार रु ८० देखि सय प्रति किलोसम्ममा बिक्रि वितरण भई रहेको छ ।
महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइ नभ्याइ छ यस क्षेत्रका गाउँबस्तीका बारी र बगैँचा अहिले जुनार पाकेर पहेँलपुर देखिएका छन् ।किसानहरुका अधिकांश बगैँचामा अहिले जुनार लटरम्म देखिन्छ।सिन्धुलीको गोलन्जोर गाउँपालिका अन्र्तगत पर्ने रतनचुरा,जलकन्या,तिनकन्या,डुडभञ्ज्याङ,वितिजोर,वासेश्वर र तीनपाटन गाउँपालिका स्थित पर्ने तोसङखेला,बाहुनतिल्पुङ्गका साथै महाभारतक क्षेत्रलाई जुनार उत्पादनका हिसाबले जुनार सुपरजोन अन्तर्गत पकेट क्षेत्रका रूपमा अघि बढाइएको कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अरुण खनालले बताए ।उनका अनुसार जिल्लाको महाभारत क्षेत्रको ठूलो भूभागमा जुनारका अतिरिक्त सुन्तला,कागती,निबुवा र ज्यामिरो उत्पादनका लागि उर्वर भूमि मानिने र सोही अनुसार खेती भई रहेको छ ।
सिन्धुलीका करिब दुई हजार भन्दा बढी किसानहरुले वार्षिक एक लाख बढीको जुनार सुन्तला बिक्री गर्ने गरेका कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ।एउटा वयस्क बोटमा एक हजारदेखि एक हजार पाँच सय दानासम्म जुनार उत्पादन हुने गर्दछ।जिल्लामा एउटै बोटमा छ हजार दानासम्म जुनार फलेको रेर्कड रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ,सिन्धुलीका प्रमुख याम कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सिन्धुलीका अतिरिक्त उदयपुर,ओखलढुंगा,भोजपुर,धनकुटा र रामेछापमा व्यावसायिकरूपमा जुनार खेती विस्तार हँुदै गएको छ।सिन्धुलीमा अहिले वार्षिकरूपमा करिब रु ५० करोड मूल्य बराबरको जुनार उत्पादन र बिक्रि हुने गरेको छ । उत्पादित मध्ये धेरै ताजा फल र ताजा जुसको रूपमा प्रयोग हँुदै आएको छ भने कम गुणस्तरका केही प्रतिशत मात्रै प्रशोधन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ,सिन्धुलीका प्रमुख श्रेष्ठले जानकारी दिए ।
नौ वटा पालिका रहेको सिन्धुलीमा प्राय सबै स्थानीय तहहरुमा जुनार उत्पादन हुने गरेको छ । सिन्धुलीमा कुल एक हजार तीन सय ४५ हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएकोमा सात सय २५ हेक्टर उत्पादनशिल क्षेत्र रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ,सिन्धुलीको तथ्यांकमा उल्लेख गरिएको छ ।