उखु तौल काँटा स्थापनाका लागि बलराका नगर प्रमुख कुशवाहा र चिनी उद्योगबीच छलफल

523 Shares

सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख र चिनी उद्योगका प्रतिनिधिहरु विच छलफल भएको छ।बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर कुशवाहा र चिनी उद्योगका प्रतिनिधिहरु विच किसानहरुको उखु तौल काँटा संचालन गराउने विषयमा छलफल भएको हो ।
बलरा नगरपालिकाका नगर प्रमुख कुशवाहा  र एभरेष्ट चिनी मिल रामनगर,इन्दुशंकर चिनी उद्योग हरिवन,अन्नपूर्ण चिनी उद्योग धनकौल र महा लक्ष्मि चिनी उद्योग बगदहका प्रतिनिधिहरु बीच छलफल भएको हो ।चार वटै चिनी उद्योगका प्रतिनिधिहरु विच जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीको रोहवरमा किसानहरुलाई सहजीकरण हुने गरी सम्झौता भएमा मात्र बलरा नगरपालिका क्षेत्रमा उखु तौलका लागि काँटा स्थापना गर्न दिने बलरा नगरपालिकाका नगर प्रमुख कुशवाहाले बताए।
काँटा स्थापना अघि विज्ञलाई बोलाएर काँटाको परिक्षण गर्ने,उखु लिएको एक साता भित्र उखु उत्पादक किसानहरुको भुक्तानी गर्नुपर्ने र भुक्तानी नगरेमा बैंकलाई जनताले तिर्नुपर्ने ब्याज रकम समेत चिनी उद्योगहरुले नै तिर्नुपर्ने लगायतका बुँदामा सहमती भएपछि मात्रै काँटा संचालन गर्न दिने नगर प्रमुख कुशवाहाले बताए बलरा र गोडैता नगरपालिकाका साथै रामनगर गाउँपालिकाले केही दिन पहिला आफ्नो पालिका भित्र उखु तौल काँटा राख्न नदिने घोषणा गरेका थिए।बाहिर राखिएका काँटाका कारण किसानहरु मारमा परेका भन्दै तीन वटा पालिकाले सो निर्णय गरेपछि जिल्लाका चिनी उद्योगहरुको ध्यानाकर्षण भएको छ ।

सम्बन्धित समाचार