सर्लाहीमा शुक्रबार(आज)४ घण्टा बिद्युत अवरुद्ध हुने

342 Shares

सर्लाहीमा शुक्रबार(आज)चार घण्टा बिजुली अवरुद्ध हुने भएको छ।लालबन्दी नगरपालिका १ नवलपुर स्थित सवस्टेशनमा ६३ एमभिए ट्रान्सफर्मरमा एच भि साइडको सर्किट ब्रेकर कन्ट्रोल वाइरिङ गर्न जिल्लाभर चार घण्टा लाइन सट–डाउन गर्न लागिएको ढल्केबर ग्रिड महाशाखा प्रमुख इन्जिनियर सूर्यनारायण मण्डलले जानकारी दिए ।उनका अनुसार  ढल्केबर ग्रिड महाशाखाले बिहीबार नै सूचना जारी गरी शुक्रबार(आज) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म जिल्लाभरको बिजुली काटिने भएको छ ।
उक्त सूचना अनुसार लालबन्दी,बरहथवा र मलंगवा वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा शुक्रबार(आज)चार घण्टा बिद्युत अवरुद्ध हुने उल्लेख गरिएको छ ।नवलपुर सवस्टेशनमा मर्मत सम्भार गर्नु पर्दा जिल्लाघर विद्युत अवरुद्ध हुने गरेको छ ।
विद्युत प्राधिकरणले प्राय सार्वजनिक बिदाको दिन पारेर मर्मत सम्भारको काम गर्दै आइरहेको छ।बिदा नभएका दिन सर्व साधारण नागरिकहरुलाई सेवा प्रवाहमा समस्या नहोस भनेर सार्वजनिक विदाको दिन मर्मत सम्भारको काम गर्ने गरिएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार