निःशुल्क स्वास्थ्य शिविरमा २४० जना निजगढबासी लाभान्वित

2.5k Shares

बाराको निजगढ नगरपालिका ८ बजारस्थित निजगढ सिटी हस्पीटलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको शिविरमा करिब २ सय ४० जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।
शिविरमा भरतपुर तथा वीरगञ्जका जनरल फिजिसियन, जनरल सर्जन, बालरोग विशेषज्ञ, नाक कान घाँटी रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, हाड जोर्नी नसा रोग विशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परीक्षण र उपचार गरेका आयोजकले बताएको छ ।
निजगढ सिटी हस्पीटल र कामना सेवा बैंकको आयोजना तथा लायन्स क्लव अफ निजगढ सिटीको सह आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको  कामना विकास बैंक निजगढ शाखाका प्रमुख प्रविन बर्तौलाले कमलामाई मिडिया प्रालिलाई जानकारी  दिनुभयो । उहाँका अनुसार बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको र निःशुलक स्वास्थ्य शिविरबाट निजगढ नगरबासी लाभान्वीत भएका छन् ।
स्वास्थ्य सेवा क्षेत्रमा सेवा दिन लायन्स क्लव अफ निजगढ सिटीले पनि सहकार्य गर्न पाएको लायन्स क्लव अफ निजगढ सिटीका प्रेसिडेन्ट मणीश्वर घिमिरेले बताउनु भयो ।
लायन्स क्लव अफ निजगढ सिटीले हस्पीटल, होटल र डाक्टरलाई सम्मान पत्रले सम्मान गरेको लायन्स क्लव अफ निजगढ सिटीका जोन चेयर पर्सन खड्गप्रसाद उप्रेतीले जानकारी दिनु भयो ।
कार्यक्रममा लायन्स क्लव अफ निजगढ सिटीका प्रेसिडेन्ट घिमिरे, पाष्ट प्रेसिडेन्ट मनोज रेग्मी, भाइस प्रेसिडेन्ट गोपाल रिसाल, सेकेण्ड भाइस प्रेसिडेन्ट राजेन्द्र सापकोटा, थर्ड प्रेसिडेन्ट दिलिप यादब, सचिव मोहन राउत र लायन्स क्लब अफ चावेलका रिजन चेयर पर्सन महाबीर रिसाल लगायतको सहभागिता रहेको थियो । 
शिविरमा चिकित्सकहरु डा. अनिल कुमार साह, डा. दिपेन्द्र मल्लिक, रुपेश झा, डा. विकास पाण्डे, डा. जीतेन्द्र मिश्रा, डा. ब्रजेश चौधरी र डा. एलिस खड्काले स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।
शिविरमा सम्पुर्ण प्रकारका स्वास्थ्य परीक्षण सेवा निःशुल्क गरिनुको साथै सिबिसी, आरबिसी प्रयोगशाला जाँच सेवा,भिडियो एक्सरे सेवा,सुगर तथा प्रेसरका औषधीहरुका साथैै विविध स्वास्थ्य परामर्श सेवा दिईएको आयोजकले बताएको छ । 

सम्बन्धित समाचार