सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ईन्धन खर्चमा व्यापक अनियमितता भएको पाइएको छ।चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा सम्बन्धी ऐन,२०७७ को प्रावधान विपरीत तोकिएको परिमाण भन्दा बढी ईन्धन खर्च लिएका महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनले देखाएको छ।महालेखाको प्रतिवेदन अनुसार स्थानीय तहका पदाधिकारीहरूले मासिक रूपमा पाउने ईन्धनको परिमाण स्पष्ट रूपमा तोकिएको छ।ऐन अनुसार,गाउँपालिका अध्यक्षले मासिक सय लिटरका दरले वार्षिक एक हजार दुई सय लिटर ईन्धन पाउने व्यवस्था छ।तर चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले आर्थिक वर्ष २०८०/०८१ मा कुल दुई हजार तीन सय ३४ लिटर ईन्धन खर्च गरेका महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
यो तोकिएको परिमाणभन्दा एक हजार एक सय ३४ लिटर बढी हो,जसको अन्दाजी रु. एक लाख ८७ हजार एक सय १० हुन्छ।महालेखा परीक्षकको प्रतिवेदनले यो रकम नियमसम्मत नभएको ठहर गर्दै अनियमितताको रूपमा चित्रण गरेको छ।भने चन्द्रनगर पालिकाको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।चन्द्रनगर गाउँपालिकामा वित्तीय पारदर्शिता र जवाफदेहिताको कमी भएको महालेखा परीक्षकको प्रतिवेदनले संकेत गरेको छ।ऐनले तोकेको सीमाभन्दा बढी ईन्धन खर्च भुक्तानी भएको विषयले पालिकाको आर्थिक व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।स्थानीय तहका पदाधिकारीहरूले कानुनी प्रावधानको पालना गर्नुपर्ने दायित्व भए पनि यो घटनाले पालिकाको नेतृत्वमा जिम्मेवारीको अभाव देखिएको स्थानीय जानकारहरु बताउँछन् ।
चन्द्रनगर गाउँपालिकाका स्थानीयले यो अनियमितता प्रति आक्रोश व्यक्त गरेका छन्।“हाम्रो करको पैसा यस्तो अनावश्यक खर्चमा दुरुपयोग भएको देख्दा दुख लाग्छ,“यस्ता कार्यले विकासका लागि छुट्याइएको बजेटमा असर पर्छ।”स्थानीय बताउँछन् ।उनीहरुले गाउँपालिकाका पदाधिकारीहरूलाई जवाफदेही बनाउन र अनियमित रकम असुल उपर गर्न समेत माग गरेका छन्।
चन्द्रनगर गाउँपालिकामा भएको ईन्धन खर्चको अनियमितताले स्थानीय तहको वित्तीय सुशासनमा गम्भीर कमजोरी रहेको महालेखा परीक्षकको ६२ औं प्रतिवेदनले बताएपनि यो चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो लगायत अन्य जनप्रतिनिधिहरु यस विषयमा मौन देखिएका छन् ।
यो घटनाले स्थानीय तहका पदाधिकारीहरूले कानुनी प्रावधानको पालना गर्न र सार्वजनिक स्रोतको दुरुपयोग रोक्न थप जिम्मेवार हुनुपर्ने देखिन्छ।स्थानीय र सरोकारवालाहरूले यो विषयमा पारदर्शी छानबिन र कार्वाहिको माग गरेका छन्।केहि महिना अघि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाललाई विभिन्न वहाना बनाएर त्यहाँबाट चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोकै पहलमा अन्यन्त्र सरुवा गरिउको थियो ।तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पालसंग काम गर्न असहज भएको भन्दै गाउँपालिका प्राविधिक कर्मचारी राजेश कुमार यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा ल्याएर पाललाई सरुवाको लागि गाउँपालिका अध्यक्ष महत्तोले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार नै गरको थिए।अध्यक्ष महत्तोले भनेका अवैधानिक कामहरु गर्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पालले नमानेका कारण उनको सरुवा गरिएको अन्य जनप्रतिनिधिहरुको टिप्पणी छ।तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पाल र गाउँपाकिला अध्यक्ष महत्तो विच भ्रष्टाचारको भागबन्डा नमिलेपछि विवाद भएको समेत आरोपहरु लागेका थिए।यसरि नै सरकारी रकमको दुरुपयोग गर्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पालको सरुवा गरिएको अहिले प्रष्ट भएको स्थानीयहरुको आरोप छ ।
चन्द्रनगर गाउँपालिकालाई भ्रष्टाचारको अखडा बनाएका गाउँपालिका अध्यक्ष महत्तो सर्लाहीका मात्र नभई देशभरकै भ्रस्ट्र गाउँपालिका अध्यक्षको रुपमा परिचित छन् ।तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पालकै अनुसार चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोका भ्रष्टचारका काण्डहरु अनगिन्ती रहेको छन्।तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पालले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि राज कुमार गुप्ता पनि कुख्यात भ्रष्टचारी रहेका आरोप लगाएका छन्।
“नेपालको सबै भन्दा भ्रष्ट अध्यक्ष चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो रहेछन् ।त्यो भन्दा ठूलो भ्रष्टाचारी तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ता हुन।चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महत्तोले गरेका भ्रष्टाचारका काण्ड अनगिन्ती छन्।”तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पालले लेखेका छन् ।