करिब साढे तीन किलाे गाजा सहित माेटरसाईकल सशस्त्र प्रहरीको नियन्त्रणमा

707 Shares

सर्लाहीको बलरा नगरपालिका १ स्थित छन्कीबाट सशस्त्र प्रहरीले प्रतिवन्धीत लागू औषध गाँजा बरामद् गरेकाे छ ।
सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट (बीओपी) छताैनाबाट खटिएको सशस्त्र प्रहरीकाे टाेलीले  बिहिबार बिहान प्रतिवन्धीत लागूऔषध गाँजासहित एउटा मोटरसाइकल बरामद् गरेको सशस्त्र प्रहरी वल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक तुल बहादुर भण्डारीले जानकारी दिए ।उनका अनुसार  सशस्त्र प्रहरीको टोलीले बलरा नगरपालिका १,स्थित छन्कीमा चेकजाँच गर्नेक्रममा गाँजा र मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ०६ बीए ०५३२ नम्वरको भारतिय माेटरसाइकलमा सवार मानिसहरु भने सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ मोटरसाइकल छाडेर भागेका शसस्त्र प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल नियन्त्रणमा लिइ चेकजाँच गर्दा सिटकभरमा लुकाइ राखिएको ३ किलाे ३ सय ग्राम प्रतिवन्धीत लागू औषध गाँजा बरामद भएकाे सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा र मोटरसाइकल आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको  छ ।

सम्बन्धित समाचार