पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाही हरिबनमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत हरिवन नगरपालिका ४ स्थित सशस्त्र प्रहरी वेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टा तर्फ हिडेको यात्रुबस दुर्घटना हुँदा घटना स्थलमै एक जनाको र उपचारको लागि विरगन्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।
दाङबाट काँकडभिट्टा तर्फ हिडेको ना ५ ख ४४८८नम्बरको यात्रुबस आफै अनियन्त्रित भई रोड देखि १० मिटर तल पल्टिदा बसमा सवार ३० जना मध्य एक जनाको घट्ना स्थलमा र एक जनाको उपचारको लागि बिरगंज लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी उपरिक्षक राठौरले जानकारी दिनु भयो ।
चालक सहित ५ जनाको अवस्था गंभिर रहेका कारण न्युरो अस्पताल बिरगंज उपचारको लागि पठाइएको अरु ३ जनाको नमुना अस्पताल हरिवनमा र ९ जनाको अवस्था सामान्य रहेका कारण स्वाभिमान अस्पताल हरिवनमा उपचार भई रहेको प्रहरीले जनाएको द्ध ।
बिहीबार बिहान करिब ४ः ५० बजे भएको दुर्घटनामा मृत्यु हुनेमा दाङ राप्ती गा.पा. ५ बस्ने अं बर्ष ३६ की राज कुमारी चौधरी र दाङ राप्ती बस्ने बर्ष २३ की रिता चौधरी रहेको दुर्घटना स्थलमा खटिनु भएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो । उक्त यात्रुबसमा सवार बाँकी ११ जना सकुकसल रहेका घटना स्थलमा खटिएको शसस्त्र प्रहरी वल वेस क्याम हरिवनले जनाएको छ ।