सर्लाहीमा राष्ट्रिय परिचय पत्र बनाउने काममा कार्यालयमा भीडभाड बढ्दा कोरोना संक्रमण जोखिम बढेको छ । राष्ट्रिय परिचय पत्र बनाउने काममा स्थानिय निकायले ध्यान नपुर्याउँदा अनियन्त्रित भीडभाड बढ्दा संक्रमणको जोखिम बढेको हो । वडा कार्यालयहरुमा दैनिक जसो हुने भीड नियन्त्रण गर्ने वा सामाजिक दूरी कायम गरेर सेवा प्रवाहमा बेवास्ता गरेको देखिएको छ । केही दिनयता जिल्लाको लालबन्दी नगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउने काम चलिरहेको छ ।
अभियानकै रुपमा थालिएको राष्ट्रिय परिचय पत्र बनाउने काममा नागरिकहरुको कार्यालय अगाडि बाक्लो भीडभाड देखिएको छ । लठ्ठी टेकेर उभिने देखि युवायुवतीहरु लाईनमा उभिएका भएपनि सामाजिक दुरीको कायम नहुनु, न्युनतम भएपनि स्वास्थ्य मापदण्डको पालना नहुनुले नगरमा कोरोना संक्रमण फैलिने त्रास बढेको जानकारहरुले बताएका छन् ।
राष्ट्रिय परिचय पत्र बनाउन नगरपालिकाले साउन १५ गते सममको समय सिमा तोकेका कारण अनियन्त्रित भीडभाड बढेको देखिएको छ । नागरिकहरु मास्क तथा सामान्य स्वास्थ्य मापदण्डको पालना नै नगरी भीडभाडमा उभिएका देखिन्छन् । कतिपयले नाकमुनि मास्क लगाएका छन् । भने कतिपयले मास्क नै नलगाएका पाइएको छ ।
जसका कारण ठेलमठेलको भीडमा बस्दा संक्रमण फैलिने खतरा बढेको छ । हाल नगरका विभिन्न वडाहरुमा देखिएको अनियन्त्रित भीडभाडको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन् । भीडभाड व्यवस्थापनमा नगरपालिका, सम्बन्धीत वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय सर्लाही तथा जिल्ला प्रहरी कार्यालय सर्लाही मौन देखिएको छ ।
‘कोरोनाको विषम महामारीमा बढी जोखिममा रहेको बूढापाकालाई यस्तो अवस्थामा देख्दा दुःख लाग्यो । सम्बन्धित निकायले यसको वैज्ञानिक उपाय सोच्नुपर्ला ।’ केही स्थानिय जानकारहरुले बताएका छन् ।
त्यसो त धेरैजसो ठाउँमा निषेधाज्ञा हटाइएसँगै हाल जिल्लाका सरकारी कार्यालय, हाटबजार, होटल, पसलमा समेत भीडभाड बढेकोे छ । जिल्लामा दुई हजार बढीलाई संक्रमण पुष्टि भइसकेको छ । संक्रमण पुष्टि भएका कतिपय व्यक्ति नेगेभिट रिपोर्ट नआएसम्म होम आइसोलेसनमा नबस्दा समेत संक्रमण फैलिन बल पुगेको जनगुनासो छ ।
संक्रमण पूष्टि भएका कतिपय संक्रमित दुई साता बितेपछि संक्रमणुमक्त भएको भन्दै पुनः परीक्षण नगरी हिँडडुल गर्दासमेत समस्या थप बल्झिएको पाइएको छ । संक्रमित होम आइसोलेसनमा नबस्दा र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्दा संक्रमण बढको छ ।
पुनः परीक्षण गरेर नेगेटिभ रिपोर्ट नआएसम्म संक्रमितलाई अरूको सम्पर्कमा जान नदिन वा जान नहुने चिकित्सकहरुले बताएका छन् । ‘पोजिटिभ भएको १५ दिनपछि ठीक भो, टेस्ट गर्नुपर्दैन भन्नेले समस्या बल्झिएको देखिएको चिकित्सकहरुको भनाई छ,।’ नगरपालिकाले सुचना नै जारी गरेर राष्ट्रिय परिचय पत्र बनाउने समय सिमा निर्धारण गरेको छ ।