प्रहरीको ज्यादती विरुद्ध सर्लाहीमा स्थानीयको प्रदर्शन

469 Shares

सर्लाहीका स्थानीयबासीले प्रहरीको ज्यादतीको विरोधमा प्रदर्शन गरेका छन्।पछिल्ला दिनमा प्रहरीले सर्वसाधारणमाथि गरेको ज्यादतीका विरुद्ध चन्द्रनगर गाउँपालिकाका स्थानीयले मलंगवा नगरपालिका १० स्थित जिविस चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन।
असोज २६ गते प्रहरी चौकी त्रिभुवननगरले रु पाँच लाख ४५ हजार नगर सहित विआर ०६ विटी ३४३६ नम्बरको मोटरसाईकल र चन्द्रनगर गाउँपालिका ५ मोहनपुरका अन्दाजी वर्ष २५ का आलम मन्सुर र सोही मोटरसाईकलमा सवार सोही ठाउँका अन्दाजी वर्ष ४० का विकाउ मन्सुरलाई नियन्त्रणमा लिएको थियो ।
तत्काल स्रोत नखुलेको रु पाँच लाख ४५ हजार नियन्त्रणमा लिएको भन्दै दुई जना मानिस सहित मोटरसाईकललाई प्रहरी चौकी त्रिभुवननगरले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको थियो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रत्यक्ष मातहतमा रहेको उक्त प्रहरी चौकीले बुझाएका मानिस र मोटरसार्यकल सहित उक्त रकम आवश्यक अनुसन्धान तथा कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाएको थियो ।त्यसपछि सर्लाही क्षेत्र नम्बर १ का निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साहको नेतृत्वमा स्थानीयले प्रहरीले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन ।
निवर्तमान प्रतिनिधि सभा सदस्य साहका अनुसार छोरीको विवाहको लागि सामान ल्याउन जाँदा प्रहरीले नियन्त्रणमा लिएर कुनै अनुसन्धान नै नगरी माथिल्लो नियकामा लगेर बहादुरी देखाएको हो । जसका कारण सर्वसाधारण नागरिकहरु मारमा परेका छन् ।
“प्रहरी आतंक बन्द गर,नागरिकमाथि अन्याय अस्वीकार्य छ।”भन्दै प्रदर्शनकारीहरुले जिल्लाका सुरक्षा सुरक्षाकर्मीहरु विरुद्ध नारावाजी गरेका हुन।उनीहरुका अनुसार कुमारी बैँकबाट निकालेको उक्त रकम कुनै गैर कानूनी नरहेको भएपनि प्रहरीले आफ्नो काम देखाउन सर्व साधारणलाई अनावश्यक दुःख दिएको आरोप छ ।

सम्बन्धित समाचार