Close This

माओवादी केन्द्र हरिवनद्धारा हप्तामा एक दिन जनश्रमदान अभियान सुरु,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२८ गते   १४२० पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) हरिवनले हप्तामा एक दिन जनश्रमदान अभियानको सुरुवात गरेको छ । आर्थिक लगानी नगरी पनि विकास निर्माणका काम गर्न सकिन्छ भन्ने देखाउन नेकपा(माओवादी केन्द्र) हरिवनले हप्तामा एक दिन जनश्रमदान अभियानको सुरुवात गरेको हो । 


आर्थिक लगानी नगरी पनि विकास निर्माणका काम गर्न सकिन्छ भन्ने देखाउन माओवादी केन्द्र सर्लाहीले हप्तामा एक दिन जनश्रमदान गर्ने अभियानको सुरुवात गरेको छ । नागरिकहरुको जनजीविकासंग प्रत्यक्ष जोडिएका विकास निर्माणका काममा माओवादी केन्द्र हरिवनका नेता तथा कार्यकर्ताहरु र माओवादी केन्द्रको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको सभागीतामा हप्तामा एक दिन जनश्रमदान गर्ने अभियानको सुरुवात भएको नेकपा(माओवादी केन्द्र)की नेतृ एवम जिल्ला समन्वय समिति सर्लाहीकी निवर्तमान उप सभापति जमुना पराजुलीले बताउनु भयो ।


विकास निर्माणमा स्थानिय सरकारले आर्थिक अनियमितता गरेको सबैतिर आरोप प्रत्यारोप आई रहेको समयमा नागरिकहरुलाई हसजता प्रदान गर्न जनश्रमदान मार्फत भएपनि विकास निर्माणको काम गरेको नेकपा(माओवादी केन्द्र)की केन्द्रीय सदस्य माया बलले बताउनु भयो ।
स्थानिय सरकारको आर्थिक लगानीमा मात्र विकास निर्माणको काम नभई जनसहभागीतामा जनश्रमदान गर्दा पनि विकास निर्माणको काम हुन्छ भन्ने देखाउन र जनश्रमदान गर्दा शारीरिक व्यायाम पनी हुने भएकाले हप्तामा एक दिन जनश्रमदान अभियानको सुरुवात गरिएको नेकपा(माओवादी केन्द्र) सर्लाहीका संयोजक एवम हरिवन नगरपालिकाका नगर प्रमुखले रमेश बुढाथोकी(कमल)ले बताउनु भयो । 


हरिवन नगरपालिका १ र ८ को सिमाना फेदीको चापिनी खोलामा वर्षाको पानीले बाटो बिगारेर सवारी साधनहरु आउन जान  कठिनाइ भएको गुनासो आएपछि माओवादी केन्द्रका नेता कार्यकर्ताहरुका साथै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागीतामा जनश्रमदान गरिएको नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले जानकारी दिनु भयो । उहाँका अनुसार वर्षाले विग्रेको सो स्थानमा ढुंङ्गा विछ्याउने काम गरेर सम्पन्न भएको हो ।
जनयुद्धकालमा पनि जनसहभागीतामा विकास निर्माणको काम गरेको नेकपा(माओवादी केन्द्र)ले अहिले फेरी जनयुद्धकालीन झल्को दिनेगरी जनसहभागीतामा श्रमदान मार्फत विकास निर्माणको काम सुरुवात गरेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech