Close This

भरत तालको विषयमाका गलत प्रचारबाजी भएको नगर प्रमुख थापाको भनाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-१४ गते   ३८३८ पटक हेरिएको

शंखर पहाडी(गौरब) 
सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन अवस्थामा रहेको बागमती माछा पोखरी (भरत ताल) को विषयमा गलत प्रचार बाजी भएको भन्दै नगरपालिकाले गंभिरध्यानाकर्षण भएको जनाएको छ । बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन अवस्थामा रहेको बागमती माछा पोखरी (भरत ताल) को विषयमा हुँदै नभएको गलत प्रचार बाजी भएको भन्दै नगरपालिकाले गंभिरध्यानाकर्षण भएको जनाएको हो ।


नगर प्रमुख भरत कुमार थापाले सामाजिक सञ्जाल मार्फत बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन अवस्थामा रहेको बागमती माछा पोखरी (भरत ताल) को माथिल्लो भागमा लेउको मात्रा धेरै भई दुर्गन्ध फैलिएकाले पोखरी सफा गर्न माथिल्लो भागको पानीको बहाब घटाउन माथिल्लो भागको पानी तल्लो भागमा पठाउँने काम भएको र त्यसैलाई पोखरीको बाँध फुटेको भन्दै गलत प्रचारबाजी गरिएको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत “मेरा पुज्यनिय नगरबासी आम जनसमुदाय,भरत ताल फुटियो भनि जनमासमा गलत प्रचार भएको र सो सम्वन्धमा मेरो ध्यानाकर्षण भएको हुदा केही दिन यता पोखरीमा लेउको मात्रा धेरै भई दुर्गन्ध आएको कुरा सर्वविदितै छ । उक्त पोखरी सफा गर्ने क्रममा पानीको बहाव वढी भई बाध फुट्न गएको हुदा प्यारा नगरबासी मुख्यत सोल्टी,राजघाट हजरिया बासी हजुरहरुको जीवनसँग कुनै मानवीय क्षति नहुने भएको हुँदा ढुक्क रहनु हुन अनुरोध गर्दछौ । हजुरहरुको सुरक्षाको लागी मेरो र मैले गर्न सक्ने सुरक्षित राख्ने मेरो अभिभारा भएको हुँदा भरत ताल सँग जोडिएका गलत प्रचारमा समेत नलाग्नुहुन समेत अनुरोध गर्दछौ।”


बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन अवस्थामा रहेको बागमती माछा पोखरी (भरत ताल) सो क्षेत्रका बस्तीहरु भन्दा गहिरो रहेको र बाँधमा सामान्य समस्या आएपनि बस्तीमा पानी पस्ने सम्भावना नरहेको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले बताए । उनका अनुसार बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन अवस्थामा रहेको बागमती माछा पोखरी (भरत ताल)को विषयमा जुन गलत प्रचारबाजी भई रहेको छ त्यो सत्य नरहेको बताए ।
एक सय २१ बिघामा निर्माणधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)लाई दुई खण्डमा निर्माण सुरु गरिएको थियो । पहिलो खण्डको निर्माणको मुख्य मुख्य काम सकिएपछि ढुंगा चलाउन थालिएको छ भने दोस्रो खण्डको निर्माण कार्य जारी रहेको छ । तालबाट बाहिर निस्कने पानी तालको तलतिर रहेको नगर बगैँचा हुँदै बागमती नदी मै गएर मिसिने गरि निकास सहित तालको निर्माणको काम भई रहेको नगरपालिकाले जनाएको छ ।
यता,तालको विषयलाई लिएर स्थानीय केही विपक्षी राजनितिक दलहरुले भ्रामक प्रचारबाजी गर्दै आफ्नो राजनिति भजाई रहेका छन् । मधेश प्रदेशको मात्र नभई नेपाल कै एक पर्यटकिउ गन्तव्यको रुपमा निर्माणाधिन अवस्थामा रहेको तालबाट नगरपालिकालाई राम्रो आन्तरीक आयस्रोत जुट्ने र करिब एक हजार दुई सय जना स्थानीयले रोजगारी पाउने गरि तालको निर्माणको काम भई रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech