Close This

सर्लाही ट्राफिकद्धारा पौषमा १३ लाख भन्दा बढी राजश्व संकलन 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१०-१० गते   ६२७ पटक हेरिएको

 जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले पौष महिनामा १३ लाख ४० हजार राजश्व संकलन गरेको छ ।  पौष महिनामा २ हजार २ सय २२ वटा साना तथा ठुला सवारी साधनलाई कार्वाही गरि १३ लाख ४० हजारराजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । 
     पौष महिनामा ४ वटा साना तथा ठुला सवारी दुर्घटना भएका छन जसबाट १ जनाको मृत्यु भएको छ भने ४ जना गंभिर घाईते र ३ जना सामान्य घाईते भएका जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक सुर्य नारायण यादवले बताउनु भयो ।
दुर्घटनामा मोटरसाईकल र जिप÷कार बढी रहेका छन भने कतिपय सामान्य सवारी दुर्घटनाहरु एक आपसमा मिलेर गएका जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । मंसिर महिनामा १० लाख ८७ हजार राजश्व संकलन भएको थियो भने पौषमा राजश्व संकलन २ लाख  ५३ हजार बढेको ट्राफिक प्रहरीले जनाएको छ । राजश्व संकलन बढ्यो भन्नु भन्दा पनि दुर्घटना बढेको संतेक राजश्वमा वृद्धि भएको भन्ने बुझ्नु आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक सुर्य नारायण यादवले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech