एमाले भ्रमको खेति गर्न पिएचडि नै गरेको छ ः पाँच दलिय गठबन्धनका उम्मेदवार साह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-१ गते   १६० पटक हेरिएको

वाम–लोकतान्त्रक गठबन्धनको तर्फबाट सर्लाही ३ का प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेद्वार नरेन्द्र साहले नेकपा(एमाले)ले भ्रमको खेति मात्र गर्न सिकेको बताए । सर्लाही क्षेत्र नम्बर ३ का विभिन्न स्थानहरुमा भएका चुनावी सभाहरुलाई सम्बोधन गर्दै उम्मेद्वार साहले एमालेले भ्रमको खेति गर्न पिएचडि नै गरेको वताए ।
“भ्रमको खेती गर्ने,जनतालाई भ्रमित पार्ने,विभिन्न प्रकारका लोभलालच देखाउने र  आफु राज गर्ने एमालेको पुरानो बानी रहेको” उनले बताए । उम्मेद्वार साहले एमालले आफ्नो सरकार हुँदा पनि जनताको आवश्यकतालाई व्यवास्ता गर्दै कमिसको लागि मात्र काम गरेको वताए ।
“एमालले आफ्नो सरकार हुँदा जहाँ कमिसन प्राप्त हुन्छ त्यहाँ मात्र वजेट छुट्यएर कमिसनको खेल मात्र खेलेको तर अहिले जनतालाई भ्रम छर्दै सबै विकास गरेको भन्दै मत माग्दैछ, तपाईहरू सजक हुन जरूरत छ।” उम्मेद्वार साहले भने । उनले अब जनता भ्रमपूर्ण आश्वासनमा नपर्ने बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech